२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा कांग्रेसले मेयरका आकांक्षीसँग २५ हजार लिँदै



अ+ अ-

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर कमिटीले मेयरका आकांक्षीलाई २५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ । केन्द्रले गरेको सर्कुलर विपरित महानगरले चर्को शुल्क लिएको हो ।

यस्तै, उपमेयरको उम्मेदवारी दर्ताको लागि २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । तर, कार्यसमितिले भने उक्त दर्ता शुल्क नभई पार्टीलाई सहयोग होस् भनेर लिएको जनाएको छ ।

पोखरा महानगरमा मेयर र उपमेयर दुबैका लागि १० जना भन्दा बढी आकांक्षी रहेका छन् । मेयर र उपमेयरका लाग आज अपरान्ह ४ बजेसम्म नाम टिपाउन समय तोकिएको छ ।