८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

ललितपुर १८ मा एमाले फेरि बलियो, काँग्रेस मुख्य प्रतिस्पर्धी

ललितपुर १८ मा एमाले फेरि बलियो, काँग्रेस मुख्य प्रतिस्पर्धी
अ+ अ-

ललितपुर महानगरपालिका वडा नं. १८ मा यस पटक पनि मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपा एमालेबीच नै हुने देखिएको छ । राजधानीकै चर्चित स्थानमा गनिएको भैंसेपाटीको केही हिस्सा पर्ने वडा नं. १८ मा गत निर्वाचनमा वडा अध्यक्ष र सदस्यहरुमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

गत निर्वाचनमा वडा अध्यक्षमा विजयी एमालेको पुरुषोत्तम खड्काले ८५० मत ल्याएका थिए । दोस्रो स्थानमा नेपाली काँग्रेसका महेश खड्काले ४३३, राप्रपाका नारायण थापाले १३७ मत, नेकपा (माओवादी केन्द्र) का विशुराम थापाले २१५ मत, स्वतन्त्र वीरेन्द्र थापाले ३०३ मत ल्याएका थिए ।

त्यसैगरी, सदस्यहरुमा नेकपा एमालेका गोपाल डंगोल (८५०), रेश्मा खड्का (८१९), रुकुमणि महर्जन (९२५), राधिका रोक्का (९२७) विजयी भएका थिए । अन्य उम्मेदवारहरुमा नेकाका सिताराम गौतम (४४०), नेकाका राजकुमार कुँवर (४१७), माओवादी केन्द्रका रामचन्द्र बास्तोला (१८३), माओवादी केन्द्रकै सानुभाइ थापा मगर (१७९) मत पाएका थिए ।

यस्तै, राप्रपाका पुरुषोत्तम केसी (१६०), राप्रपाकै सुदर्शन नेपाली (१५४), स्वतन्त्र सुनिता लामा (२६७), स्वतन्त्र विजय महर्जन (२३६), नेपाली काँग्रेसकी बसुन्धरा थापा क्षेत्री (४६५), माओवादी केन्द्रकी पूर्णिमा शाक्य (१७३), राप्रपाकी मीना महर्जन (१३४), स्वतन्त्र लक्ष्मी केसी (२२६), नेपाली काँग्रेसकी विमा नेपाली (४३५), माओवादी केन्द्रकी अन्जु मिजार (१४७), राष्ट्रिय प्रजातन्त्र पार्टीकी बसुन्धरा मिजार (१४९), स्वतन्त्र सरु पहेली (२४४) मत ल्याएका थिए ।

यस पटक भने नेकपा एमालेले पुरुषोत्तम खड्कालाई उम्मेदवार बनाएन । वडामा निकै नाम चलेका र पुराना समाजसेवी एवं राजनीतिज्ञ दामोदर खड्कालाई एमालेले उम्मेदवार बनाएको छ । कतिपय आकाँक्षीले दामोदर खड्काले पदको लोभ गरेर वडामा आएको बताएका छन् । उनीहरुको भनाईमा दामोदर दाइ प्रदेश सभाका लागि उपयुक्त व्यक्ति भएको बताएका छन् ।

वडा सदस्यहरुका लागि एमालेले पुरानै अनुहारलाई दोहोर्याएको छ । अर्थात् रुकुमणी महर्जन, गोपाल डंगोल, राधिका रोक्का र रेश्मा खड्कालाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।

त्यस्तै अन्य दलबाट उम्मेदवार को हुने भन्ने स्पष्ट भइसकेको छैन । नेपाली काँग्रेसबाट पार्टीका वडा सभापति मन थापा मगरले वडा अध्यक्षमा दाबी गरेर पार्टीको सम्पर्क कार्यालय समेत खोली सकेका छन् । तर उम्मेदवारको टुंगो लागिसकेको छैन । यस वडामा एमाले र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने भएकाले माओवादी केन्द्रले काँग्रेसलाई समर्थन गर्ने सम्भावना छ ।