२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर १८ मा एमाले फेरि बलियो, काँग्रेस मुख्य प्रतिस्पर्धी



अ+ अ-

ललितपुर महानगरपालिका वडा नं. १८ मा यस पटक पनि मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपा एमालेबीच नै हुने देखिएको छ । राजधानीकै चर्चित स्थानमा गनिएको भैंसेपाटीको केही हिस्सा पर्ने वडा नं. १८ मा गत निर्वाचनमा वडा अध्यक्ष र सदस्यहरुमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

गत निर्वाचनमा वडा अध्यक्षमा विजयी एमालेको पुरुषोत्तम खड्काले ८५० मत ल्याएका थिए । दोस्रो स्थानमा नेपाली काँग्रेसका महेश खड्काले ४३३, राप्रपाका नारायण थापाले १३७ मत, नेकपा (माओवादी केन्द्र) का विशुराम थापाले २१५ मत, स्वतन्त्र वीरेन्द्र थापाले ३०३ मत ल्याएका थिए ।

त्यसैगरी, सदस्यहरुमा नेकपा एमालेका गोपाल डंगोल (८५०), रेश्मा खड्का (८१९), रुकुमणि महर्जन (९२५), राधिका रोक्का (९२७) विजयी भएका थिए । अन्य उम्मेदवारहरुमा नेकाका सिताराम गौतम (४४०), नेकाका राजकुमार कुँवर (४१७), माओवादी केन्द्रका रामचन्द्र बास्तोला (१८३), माओवादी केन्द्रकै सानुभाइ थापा मगर (१७९) मत पाएका थिए ।

यस्तै, राप्रपाका पुरुषोत्तम केसी (१६०), राप्रपाकै सुदर्शन नेपाली (१५४), स्वतन्त्र सुनिता लामा (२६७), स्वतन्त्र विजय महर्जन (२३६), नेपाली काँग्रेसकी बसुन्धरा थापा क्षेत्री (४६५), माओवादी केन्द्रकी पूर्णिमा शाक्य (१७३), राप्रपाकी मीना महर्जन (१३४), स्वतन्त्र लक्ष्मी केसी (२२६), नेपाली काँग्रेसकी विमा नेपाली (४३५), माओवादी केन्द्रकी अन्जु मिजार (१४७), राष्ट्रिय प्रजातन्त्र पार्टीकी बसुन्धरा मिजार (१४९), स्वतन्त्र सरु पहेली (२४४) मत ल्याएका थिए ।

यस पटक भने नेकपा एमालेले पुरुषोत्तम खड्कालाई उम्मेदवार बनाएन । वडामा निकै नाम चलेका र पुराना समाजसेवी एवं राजनीतिज्ञ दामोदर खड्कालाई एमालेले उम्मेदवार बनाएको छ । कतिपय आकाँक्षीले दामोदर खड्काले पदको लोभ गरेर वडामा आएको बताएका छन् । उनीहरुको भनाईमा दामोदर दाइ प्रदेश सभाका लागि उपयुक्त व्यक्ति भएको बताएका छन् ।

वडा सदस्यहरुका लागि एमालेले पुरानै अनुहारलाई दोहोर्याएको छ । अर्थात् रुकुमणी महर्जन, गोपाल डंगोल, राधिका रोक्का र रेश्मा खड्कालाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।

त्यस्तै अन्य दलबाट उम्मेदवार को हुने भन्ने स्पष्ट भइसकेको छैन । नेपाली काँग्रेसबाट पार्टीका वडा सभापति मन थापा मगरले वडा अध्यक्षमा दाबी गरेर पार्टीको सम्पर्क कार्यालय समेत खोली सकेका छन् । तर उम्मेदवारको टुंगो लागिसकेको छैन । यस वडामा एमाले र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने भएकाले माओवादी केन्द्रले काँग्रेसलाई समर्थन गर्ने सम्भावना छ ।