६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौता अनुमोदनलाई एमसीसीद्वारा स्वीकार



अ+ अ-

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालको सङ्घीय संसद्बाट अनुमोदन भएको एमसीसी सम्झौतालाई स्वीकार गरेको छ । एमसीसीले वासिङ्टन डिसीबाट मङ्गलबार एक विज्ञप्ति जारी गर्दै एमसीसी र नेपाल सरकारबीच भएको ५० करोड डलरको सम्झौतालाई यही फागुन १५ गते अनुमोदन गर्ने नेपालको सङ्घीय संसद्को निर्णयलाई स्वीकार गरेको जनाएको छ ।

नेपालको ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने आफ्नो लक्ष्य निर्धारण गरी नेपाल सरकारले सन् २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर गरेको थियो। विज्ञप्तिमा नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रको रूपमा सँधै राखेको उल्लेख छ। कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सक्षम बनाउने छ भन्दै एमसीसीले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताएको छ।

“यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष हो । यी ७५ वर्षमा नेपालले नेपालले ऐतिहासिक र अविश्वसनीय परिवर्तन देखेको छ”, विज्ञप्तिमा भनिएको छ । एमसीसी र अमेरिकी जनता यी परिवर्तनमा नेपालको साथमा उभिएको र नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रममा सहयोग गरेको उल्लेख गरिएको छ । नेपालसँगको संयुक्त राज्य अमेरिकाको सम्बन्ध एउटै सम्झौताभन्दा फराकिलो छ भन्दै एमसीसीले भनेको छ, “हामी नेपालको लोकतान्त्रिक मूल्य मान्यता र दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तरता दिनेछौँ ।”

विज्ञप्तिमा आफ्नो स्थापनाको करिब २० वर्षमा एमसीसी कम्प्याक्टले आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकहरूमा लगानी र सुशासनका लागि प्रतिबद्ध विकासशील देशहरूसँग साझेदारी गरेर विश्वभर गरिबी निवारण गर्न मद्दत गरेको उल्लेख छ ।