२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो बनाउने अध्यक्ष स्वाँरको योजना

सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो बनाउने अध्यक्ष स्वाँरको योजना
अ अ+ अ-

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजय बहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहेका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताउनु भएको छ ।

अध्यक्ष स्वाँर सार्वजनिक यातायात क्षेत्रमा रहेका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताउनु भएको हो । उहाँले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भ्यान्टिलेटरमा रहेको यातायात क्षेत्रलाई पुनः जागृत बनाउने गरी काम गर्ने बताउनु भयो । उहाँले विहीबार अबको सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो सार्वजनिक यातायात बनाउने पहिलो योजना रहेको अध्यक्ष स्वारले उल्लेख गर्नु भयो । १० अर्बको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदुर मिलेर पुँजीको संरक्षण गन आवश्यक रहेको अध्यक्ष स्वारको भनाई छ । नेपालमा खरिद गरेर ल्याएका गाडीमा चल्ने २० वर्षको मापन अवधि वैज्ञानिक नभएको भन्दै अध्यक्ष स्वारले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने काम तत्काल बन्द गर्नु पर्ने बताउनु भयो । उहाँले २० वर्ष पुगेका गाडि फिजिकल फिटनेस सेन्टरमा लगेर चेक सडकमा गुड्न सक्छवा वातावरण प्रदुषणको हिसावमा ठिक छ भने चल्न दिनु पर्ने जिकिर गर्नु भयो । नेपालमा सरकारको नीति अनुसार सार्वजनिक यातायात विद्युतिकरण हुनु पर्छ त्यसको लागि यातायात व्यवसायी तयार रहेको अध्यक्ष स्वाँरको भनाई छ ।

उहाँले भन्नुभयो,‘ सरकार र यातायात व्यवसायीहरु बसेर यातायात प्राधिकरण गठन गरौं ढिला नगरौं । यातायात क्षेत्र आइसियुमा बसेको छ । यसलाई भ्यान्टिलेटरबाट निकाल्ने काम गरौं । यातायात क्षेत्र पुनःजागृत गर्ने काम गरौं । त्यसको लागि निजि क्षेत्रको रुपमा हामी अगाडि बढ्न चाहान्छौं । सरकार हाम्रो अभिभावक भएकाले कुन पार्टीको भन्ने अवस्था रहँदैन । हामी नीजि क्षेत्र राष्ट्रलाई दिनु पर्ने सेवा हो । त्यसलाई सकरी चुस्त र दुरुस्त दिन सक्छौं । त्यो आधारले हामी अगाडि बढ्छौं । मेरो नेतृत्वमा आएको टिमको प्रतिवद्धता यो नै हो । सुरक्षित सार्वजानिक यातायात,भरपर्दो सार्वजनिक यातायात र दिगो सार्वजनिक यातायात बनाउन हामी चाहान्छौं । त्यसको लागि नीजि क्षेत्र तयार रहेको छ । १० अर्बको स्वदेशी लगानी रहेको यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदुर मिलेर पुँजीको संरक्षण गर्नु पर्छ । गाडीमा चल्ने २० वर्षको मापन वैज्ञानिक भएन । फलामको आयु हुँदैन । त्यसलाई फिजिकल फिटनेस सेन्टरमा लगेर चेक गरौं । यदि सडकमा गुड्न सक्छ,वातावरण प्रदुषणको हिसावमा ठिक छ भने चल्न सक्ने भए चलाउनुपर्छ । व्यापार गर्नको लागि मात्रै होइन । त्यसले गर्दा वार्षिक रुपमा कति नोक्सान भइरहेको छ । त्यसले अहिले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने गरिएको छ त्यस्तो काम तत्काल बन्द गर्नु पर्छ । सार्वजनिक यातायात विद्युतिकरणमा जानु पर्छ । सरकारले नीति नै बनाएकाले नेपालमा कति सम्भव छ अध्ययन गर्न जरुरी छ ।’

त्यस्तै,अध्यक्ष स्वाँरले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात नीजि क्षेत्रले चलाएको भएकालेनीजि क्षेत्रको लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा मुलुक हुनु पर्ने बताउनु भयो । उहाँले सार्वजनिक यातायातमा सतप्रतिशत लगानी नीजि क्षेत्रको भए पनि सबै भन्दा कम मुनाफा पाउने यातायात व्यवसायी भएको गुनासो गर्नु भयो । अध्यक्ष स्वाँरले सरकारले गाडी भाडामा १० प्रतिशत मात्रै मुनाफा दिएकाले त्यसलाई बढाउन नयाँ नेतृत्वले पहल गर्ने बताउनु भयो । सरकार सार्वजनिक यातायातलाई डिजेल,पेट्रोलमा सहुलियत र आयात हुने सार्वजनिक गाडीलाई भन्सारमा भन्सार शुल्क कम ग¥यो भने सवारी भाडा नबढ्ने दाबी गर्नु भयो । उहाँले यातायात व्यवसायीहरु सरकारबाट नै अपहेलित भइरहेको बताउनु भयो । सार्वजनिक यातायात व्यवसायीहरुलाई गाडीवालको उपमा दिने गरेकाले सरकारले यातायात क्षेत्रलाई उद्योगको रुपमा लिनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा सम्पूर्ण सार्वजनिक यातायात नीजि क्षेत्रले चलाउँछ । नीजि क्षेत्रको लगानी सुरक्षित र दिगो हुनु प¥यो । लगानी अनुसारको मुनाफा हुन्छ । यो देशमा लगानी गरेर सबै भन्दा कम मुनाफा पाउने भनेको यातायात व्यवसायीहरुले हो । भाडामा सरकारले १० प्रतिशत मात्रै मुनाफा दिएको छ । हामी यसबाट ठूलो अन्यायमा परेका छौं । यो कुरा गर्दा आम जनताको खल्तिमा जोडिएको छ । हाम्रो उपभोक्ता निम्न वर्ग र मध्यम वर्ग हो । उहाँहरु कै जीवन कष्टकर छ । भाडा बढ्दा अझ बढी जनतालाई मर्का पर्छ । त्यसैले सरकारले डिजेल,पेट्रोलमा सहुलियत दिने हो भने भाडा वृद्धि हुँदैन । आयात हुने सार्वजनिक गाडीलाई भन्सारमा भन्सार शुल्क कम गर्ने हो भने त्यसको प्रभाव भाडामा पर्छ । मुनाफा कम हुने भएकाले विश्वका सबै देशमा सरकारले सार्वजनिक यातायात चलाउँछ । हाम्रोमा सरकारको साझा बस छ । साझा बस सुगम ठाउँमा चल्छ । सरकारको करोडौं रुपैया लगानी छ । तर अहिले पनि घाटामा छ । सरकारले चलाएको बस त घाटामा छ भने नीजि क्षेत्रले चलाएको बस कसरी चलाइ रहेका हौला । सरकारले धन्वाद दिनु पर्ने तर समाजमा अपहेलितको पात्र भएका छौं । गाडी वालाका नामले बोलाइन्छ । एउटा उद्योगीको रुपमा लिइदैन । हाम्रो श्रमिकलाई सम्मानमा कमि गरिन्छ । यातायात क्षेत्रलाई उद्योगको रुपमा सरकारले लिनुपर्छ ।’

अध्यक्ष स्वारले यातायात क्षेत्रमा देखिएका वैज्ञानिक भाडादर प्रणाली,सवारी दुर्घटना,यातायात सिन्डिकेट लगायतका समस्याको समाधानको लागि यातायात प्राधिकरण बनाएर एकद्वार प्रणाली मार्फत लागु गर्न सरकारलाई आग्रह गर्नू भयो । उहाँले सार्वजनिक यातायात क्षेत्रलाई सम्पूर्ण रुपमा डिजिटलाइज र टेक्नोलोजीको प्रयोगबाट जानकारी मुलुक बनाउने गरी नयाँ नेतृत्वले काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यातायात प्राधिकरण गठन गर्न सक्यौ भने यातायात क्षेत्रका धेरै समस्याको समाधान हुन्छन् । संघिय र सबै प्रदेशमा प्राधिकरण गठन गरेर सबै सार्वजनिक यातायात व्यवसायीहरुलाई एकै स्थानमा राखेर सबै कुराहरु एक द्वार प्रणाली मार्फ लानुपर्छ । त्यस्तै पेमेन्ट सिस्टमलाई पनि डिजिटलाइज गर्न सक्यौैं र जनतालाई टेक्नोलोजीको आधारमा जानकारी मुलक र भरपर्दो बनाउनु पर्छ ।त्यसको लागि ठूलो लगानी लगाउनु पर्दैन । अहिले यातायात समिति खारेज भएर प्राली बनाएसँगै केही नमिलेको जस्तो अवस्था छ । समिति खारेज भएर सम्पूर्ण रुपमा उद्योगमा गएको अवस्था छ । प्राली र समिति हुँदाको फरक क्षेतिपूर्ति दिँदा हामीलाई अधिकार छैन । भोली त्यसको गणना हुँदैन । दुर्घटना भएर करोडौं रुपैयाँको उपचार गरेका छौं तर भ्याटको हिसाबले मिल्दैन । बीमाको ऐन कानुनको हिसाबले उपचारमा ३ लाख मात्रै खर्च गर्न सिलिङ छ । दुर्घटना भएर मुत्यु पश्चात ५ लाख भन्दा बढी दिन सक्दैनौं । त्यसैले सरकारले बीमा नीति परिर्वतन गर्नु पर्छ । सरकारले समिति खारेज गरेर प्राली बनाउँदा राम्रो हुन्छ भनेर खारेज गरौं तर त्यसको प्रभाव अहिले देखिदै छ ।’

अध्यक्ष स्वारले पछिल्लो समय अघिल्लो सरकारले सिन्डिकेटको नाममा समिति खारेज गरेर प्राली बनाएकाले यातायात क्षेत्रका ठूलो समस्या आएको आरोप लगाउनु भयो । समिति खारेज गरेर सवारी दुर्घटनाको क्षेतिपूर्ति तथा उपचारमा समेत अन्योलता सृजना भएको अध्यक्ष स्वारले दाबी गर्नु भयो । उहाँले अब सरकारलाई बीमा लगायतका अन्य नीतिहरु परिमार्जन गर्नु आग्रह गर्ने बताउनु भयो ।