• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने काग्रेसको निर्णय



फाईल फोटो

काठमाडौ । सत्तारुढ नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।
काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रिय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर सो घोषणा पत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो ।

पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गर्नु भएको सो मस्यौदामा केन्द्रिय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकले बन्द सूचिमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्दिय कार्य समितिलाई अनुमति पनि दिएको छ । बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका बारेमा भएको सहमतिबारे पनि बैठकमा जानकारी गराइएको पार्टीका प्रवक्ता महतले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘कार्य सम्पादन समितिको बैठकमा घोषणा पत्रमा भएका मूल विषय बस्तुलाई महामन्त्री गगन थापाले प्रस्तुत गर्नु भयो । त्यस सम्बन्धमा कार्य सम्पादन समितिका साथीहरुले आफ्नो सुझावहरु प्रस्तुत गर्नु भयो । र, त्यो सम्पूर्ण सुझावहरुलाई ध्यानमा राखेर र त्यसपछि केन्द्रिय सदस्य साथीहरुलाई पनि मेलबाट त्यो मस्यौदा जान्छ । त्यसको आधारमा परिमार्जनसहित घोषणा पत्र पारित गर्ने निर्णय गरियो । दोस्रो यो बन्द सूचिमा जुन कतिपय समानुपातिक सूचिमा बसेका साथीहरुले स्थानीय निकायमा उम्मेदवार बन्ने इच्छा देखाएको हुनाले त्यो बन्द सूचिबाट नहटिकन उम्मेदवार बन्न नपाउने जुन ऐनमा व्यवस्था छ । त्यसलाई हटाउनका लागि केन्द्रिय कार्य समितिबाट पारित गरेर निर्वाचन आयोगलाई दिनुपर्ने हुनाले त्यो निर्णय पनि गरियो । र सँगसँगै यो गठबन्धनका सम्बन्धमा पनि जुन हिजो शिर्ष तहमा समझदारी बन्यो । त्यसबारेमा पनि कार्य सम्पादन समितिमा जानकारी गराइयो ।’