५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै – अध्यक्ष लिङ्देन



file photo
अ+ अ-

कलैया । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताउनुभएको छ ।

राप्रपा जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकमा जताततै भ्रष्टाचार, बेरोजगारी, अशिक्षाले जरो गाडिसकेको हुँदा त्यसलाई परिवर्तन गर्न लागि अब ठीक पार्टी एवं ठीक नेतालाई मत हाल्न सबैलाई अपिलसमेत गर्नुभयो ।

अर्थतन्त्रले मुलुक टाट पल्टने अवस्थामा रहे पनि भ्रष्ट नेता र कालोबजारी गर्नेहरु नै धनी भएको भन्दै अध्यक्ष लिङ्देनले उनीहरुको सम्पत्ति पनि छानबिन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले ९४ प्रतिशत सनातन हिन्दू धर्म रहेको नेपालमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरी हिन्दूहरुको अपमान गरेको आरोप लगाउनुभयो । उहाँले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा जबराले तराई मधेसको यावत समस्या समाधान राप्रपाले नै गर्ने जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न पार्टी छाडेका सयौँ कार्यकर्तालाई रापप्रा पार्टी प्रवेश गराइएको थियो । नव प्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।