२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्ने



अ+ अ-

काठमाडौं । आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्नुहुने भएको छ ।

सोमवार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि विदाई गरेको हो । कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुन कुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताउनु भयो । १० औँ पटक हिमाल आरोहण गरेपछि नेपाल र विदेशमा पनि नेपालको मानसम्मान र प्रतिष्ठा पुग्ने विश्वास रहेको बताउनु भयो ।

उहाँले हिमालमा रहेको फोहोरहरु कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरुले पनि भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो । आरोही लाक्पाले आफू अबको सगरमाथा आरोहण कीर्तिमानी आरोही एडमन हिलारीको झैँ गर्न चाहेको बताउनु भयो । लाक्पा १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाँदै हुनुहुन्छ ।

संखुवासभाको मकालुकी लाक्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण २००० सालमा गर्नुभएको थियो । त्यसपछि क्रमशः २००१,२००३, २००४, २००५, २००७, २०१६,२०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले अहिलेसम्म दक्षिण र उत्तर दिशाबाट सगरमाथाको आरोहण गर्नुभएको छ ।

लाक्पाले अहिलेसम्म १ पटक नेपालतर्फको बाटोबाट र ८ पटक चीनतर्फबाट सगरमाथाको आरोहण गर्नुभएको छ । १० औँ पटक सगरमाथा आरोहणका लागि लाक्पा आउँदो अप्रिल १५ मा सगरमाथाको आधारशिविरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोही लाक्पा सबैभन्दा बढी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महिला समेत हुनुहुन्छ ।