५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी र सशस्त्रले सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरे : गृहमन्त्री खाँण



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फछ्र्योट कार्यमा सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र अवकाश लिन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताउनुभयो ।

सुरक्षा निकायलाई विस्तारै स्रोत र साधनयुक्त बनाउने योजना सरकारको रहेको पनि गृहमन्त्री खाँणले आश्वस्त पार्नुभयो । उहाँले बेरुजु फछ्र्योटमा सर्वोकृष्ठरउत्कृष्ठ हुनेलाई नगद तथा प्रशंसापत्र समेत वितरण गर्नुभएको थियो ।

तत्कालीन गृहसचिव महेश्वर न्यौपाने, प्र्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय किताब खाना (प्रहरी) का उपमहानिर्देशक शान्ता अधिकारी, भट्टराईलाई रु १०/१० हजारका दरले नगदसहित सम्मान गर्नुभएको थियो ।

यस्तै अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई र रमेशकुमार केसीलाई पाँचरपाँच हजार नगदसहित सम्मान गरिएको थियो । समरोहमा गृहमन्त्री खाँणले मन्त्रालयका तत्कालीन लेखा शाखाका उपसचिव निर्मल न्यौपाने, लेखा अधिकृत शालिराम पराजुली र तत्कालीन लेखापाल नरबहादुर कुँवरलाई रु आठ/आठ हजार नगदसहित सम्मान गर्नुभयो ।

पुरस्कार वितरण गर्दै बेरुजु फछ्र्योटमा गृह मन्त्रालय अन्तर्गतका निकायले देखाएको कार्यकुशलता प्रशंसायोग्य रहेको भन्दै उहाँले आगामी दिनमा योभन्दा अझै राम्रो कार्य गरेर देखाउन आग्रह गर्नुभयो ।