२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

स्थानीय तह निर्वाचनका लागि ३४ प्रकारका सामग्री प्राप्त

स्थानीय तह निर्वाचनका लागि ३४ प्रकारका सामग्री प्राप्त
अ अ+ अ-

काठमाडौं । आगामी वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको छ । निर्वाचन आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा मुलुकका ७५३ निर्वाचन अधिकृतले पाउने गरी एक–एकप्रति मतदाता नामावली पठाउने कार्य भइसकेको समेत जानकारी दिइयो ।

निर्वाचन आयोगले केन्द्रबाट खरिद गर्नुपर्ने ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये ३४ प्रकारका सामग्री प्राप्त भई भण्डारण भइसकेको तथा बाँकी सामग्री आउने क्रममा रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्मका लागि स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मेवारी गृह मन्त्रालयमार्फत सबै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन विभिन्न १३ सङ्घ संस्थासँग निर्वाचन आयोगले प्रतिबद्धता लिएको छ । प्रतिबद्धता जनाउने सङ्घ संस्थाहरूमा नेपाल नगरपालिका सङ्घ, गैरसरकारी संस्था महासङ्घ, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल प्राध्यापक सङ्घ, नेपाल यातायात राष्ट्रिय महासङ्घ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, राष्ट्रिय सहकारी बैंक लि, राष्ट्रिय सहकारी महासङ्घ, नेपाल निर्माण व्यवसायी महासङ्घ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, नेपाल विज्ञापन सङ्घ र नेपाल बार एशोसिएशन छन् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले निर्वाचन आचारसंहिता, २०७८ को प्रभावकारी कार्यान्वयनका लागि सञ्चार जगत र निर्वाचन आयोगबीच समन्वय र अन्तरसम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोगले ७ वटै प्रदेशमा मिडिया अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

सोही क्रममा आयोग पदाधिकारीको उपस्थितिमा प्रदेश नं १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम हुँदैछ । अभिमुखीकरणमा निर्वाचन आयोगको तयारीबारे जानकारी गराउने तथा निर्वाचन समाचार सङ्कलन, लेखन, प्रकाशन र प्रशारणसम्बन्धी ज्ञान आदनप्रदान गरिनेछ । अभिमुखीकरण कार्यक्रममा प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घका पदाधिकारीको सहभागिता रहने छ ।

अभिमुखीकरण कार्यक्रमबाट निर्वाचन आयोगले निर्वाचनसम्बन्धी व्यवस्थाबारेमा सहभागीबीच छलफल तथा अन्तक्र्रिया भई सुधारका लागि महत्वपूर्ण सुझाव प्राप्त हुने, निर्वाचन सञ्चालन तथा व्यवस्थापन पत्रकारको भूमिका, समस्या, अवसर र चुनौतीबारेमा छलफल भई साझा धारणाको विकास हुने विश्वास गरिएको छ । निर्वाचन आचारसंहिता, २०७८ को प्रभावकारी कार्यान्वयनका लागि सञ्चार जगत र निर्वाचन आयोगबीच समन्वय र अन्तरसम्बन्ध स्थापित हुने अपेक्षा आयोगले राखेको छ ।

सञ्चारमाध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्णपालना भए नभएकाबारे अनुगमन गर्न प्रेस काउन्सिल नेपालसँग आइतबार सम्झौता गरिएको छ । काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारले निर्वाचन आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन गर्नेछ ।

त्यसैगरी यही चैत २९ आगामी वैशाख ३ गतेसम्म देशका ७ प्रदेशका ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यलयका प्रमुखका लागि अभिमुखीकरण तालिम÷प्रशिक्षण सञ्चालन हुनेछ । तालिम पश्चात सोही स्थानबाट निर्वाचन अधिकृतलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराइने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आगामी वैशाख १ गतेदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्नेभएको छ । उक्त बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ ।

आयोगले मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्मका लागि स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन भएनभएको अनुगमन गर्ने जिम्मेवारी गृह मन्त्रालयमार्फत सबै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिएकोे छ ।

जवाफ माग

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने गुनासो आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएको जनाउँदै आयोगले सो सम्बन्धमा के कसो भएको हो रु तीन दिनभित्र आधार प्रमाणसहित चित्तबुझ्दो जवाफ माग गरेको छ ।

जवाफ पठाउन ध्यानाकर्षण

नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित उम्मेदवार डा शशाङ्क कोइरालालाई निर्वाचन खर्चबारे पछिल्लो पटक व्यक्त गर्नुभएको अभिव्यक्तिबारे जवाफ पठाउन ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभा सदस्यको २०७४ को उम्मेदवारले रु २५ लाख तोकिएकोमा नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंम्बर १ बाट निर्वाचित उम्मेदवार कोइरालाले आफ्नो निर्वाचन खर्चको विवरणमा आयोगसमक्ष रु २१ लाख ७५ हजार पेस गर्नुभएको थियो ।

पछिल्लो समय विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनुभएको अभिव्यक्तिमा रु ६ करोड खर्च भएको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले त्यस विषयमा के कसो भएको हो ? सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराएको छ ।