२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, ढोकाबाटै दिऔँ

झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, ढोकाबाटै दिऔँ
अ अ+ अ-

काठमाडौँ । उपयुक्त समय र स्थानबाट सही सूचना प्रवाह नगर्दा भ्रामक सूचनाले स्थान ओगट्न सक्ने भन्दै सूचनाका अभियान्ताले सम्बन्धित व्यक्ति तथा संस्थाले उचित समयमा सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचनको समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्र्रियामा उहाँहरुले सही सूचना प्रवाहमा कुनै कञ्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । निर्वाचनका समयमा सही सूचना प्रवाह नभएका अवस्थामा छोटो अवधिमा भ्रमपूर्ण सूचना फैलन सक्ने भन्दै उहाँहरुले सूचना प्रवाहमा ‘भ्याकुम’को अवस्था आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

सही सूचना जिम्मेवार व्यक्तिले सही ढङ्गबाट प्रवाह गर्न नसक्दा सूचनाको मर्ममाथि प्रहार हुने र त्यस्ता सूचनाले जनमानसमा ठूलो भ्रम सिर्जना गर्ने उहाँको भनाइ थियो । “झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, घाइते सूचनाले भ्रम मात्रै सिर्जना गर्छन्, त्यसैले सूचना ढोकाबाट मात्रै दिनुपर्छ”, सही सूचना प्रवाह गर्ने कमजोर अभ्यासको परिणामबारे सचेत गराउँदै उहाँहरुले भन्नुभयो ।

निर्वाचन आचारसंहिताका केही बुँदा सूचनाको हकको प्रावधानसँग बाझिने भन्दै उहाँहरुले जनताको सूचना प्राप्त गर्ने अधिकारमाथि प्रहार गर्ने विषयबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो । ‘निर्वाचनका सन्दर्भमा सही सूचना प्रवाह र कानूनी व्यवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै संविधानविद् काशीराज दाहालले निर्वाचनका समयमा देखिने भ्रमपूर्ण सूचना प्रवाह गर्ने विश्वव्यापी प्रवृत्तिलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

जिम्मेवार पदमा बसेका व्यक्तिले सूचनाको सम्प्रेषणमा सजगता अपनाउनुपर्ने दाहालले उल्लेख गर्नुभयो । निर्वाचनका समयमा सही सूचना सम्प्रेषण गर्न सूचना आयोग र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले जनता भयवित हुने र निर्वाचनप्रति नकारात्मक सन्देश दिने खालको सूचना प्रवाह गर्न नहुने बताउनुभयो ।

“सम्बन्धित राजनीतिक दलले उम्मेदवारको व्यक्तित्वका बारेमा मतदातालाई सूचना दिँदै लैङ्गिक र समावेशीताको दृष्टिकोणबाट पनि जनतालाई सूचित गराउनुपर्छ”, उहाँले भन्नुभयो । निर्वाचनको सम्मुखमा मात्र नभई सधैँ मतदाता जागरण, मतदाता शिक्षा सञ्चालन गर्न दाहालले निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । भ्रमपूर्ण सूचनाले मतदाता भयवित हुनसक्ने भन्दै उहाँले सञ्चारमाध्यमले सही सूचना मात्र सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । “निर्वाचनसँग सरोकार भएका जिम्मेवार व्यक्ति तथा संस्थाले तोकिएका समयमा सही सूचना सम्प्रेषण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

लोकतन्त्रको सुदृढीकरण तथा सही सूचना पाउने नागरिकको अधिकार प्रत्याभूत गराउन सूचना आयोग कडाइका साथ प्रस्तुत हुनुपर्ने दाहालको सुझाव छ ।

सूचनाका हकका विज्ञ टङ्क अर्यालले सही समयमा उपयुक्त स्थानबाट सही सूचना प्रवाह हुन नसके त्यसअवस्थामा गलत सूचना प्रवाह हुनसक्ने बताउनुभयो । गलत सूचना तीव्र गतिमा फैलने गरेको भन्दै उहाँले आम जनमानसमा ‘डिजिटल’ साक्षरता बढाइनुपर्ने बताउनुभयो । निर्वाचनका समयमा दल र उम्मेदवार लक्षित गरेर गलत अफवाह फैलनसक्ने, गलत सूचनाको निरन्तरको प्रवाहले निर्वाचन प्रभावित हुनसक्ने र स्वतन्त्र छलफल र विचारमाथि प्रहार हुनसक्ने उहाँको भनाइ छ ।

अधिवक्ता अर्यालले सामाजिक सञ्जालले सूचना प्रवाहमा सजिलो र छरितो बनाए पनि यसले सँगसँगै जोखिम पनि बढाएको बताउनुभयो । सामाजिक सञ्जालमार्फत फैलनसक्ने गलत सूचना रोक्न सम्बन्धित सञ्जालसँग सहकार्य गरेर भ्रामक सूचना रोक्न आयोगले छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘राजनीतिमा सक्रिय महिलाविरुद्ध हुने हिंसा’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पानोस साउथ एशियाका निर्देशक दीपक अधिकारीले निर्वाचनका समयमा महिला उम्मेदवारमाथि अनावश्यक लाञ्छाना लगाउने, महिलाको क्षमताको अवमूल्यन गर्ने र घृणायुक्त भनाइमार्फत प्रहार गर्ने पाइएको बताउनुभयो ।

राजनीतिक नेत्रीले सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको, गाली बेइजति तथा होच्याउने खालका प्रतिक्रियाको सामना गर्नुपरेको उहाँको भनाइ छ ।

पानोस साउथ एशियाले गरेको एक अध्ययनमा सरकार तथा शक्तिको पदमा रहेका महिला राजनीतिज्ञ अनलाइन दुव्र्यवहारको मारमा पर्ने सम्भावना बढी देखिएको, सामाजिक सञ्जालमा सक्रियको हकमा उनीहरुले स्त्रीद्वेषी प्रतिक्रिया र घृणायुक्त भनाइको सामना गर्नुपर्ने अवस्था पाइएको उहाँले जानकारी दिनुभयो ।