२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा सिट बाँडफाँट अघिल्लो निर्वाचनको हैसियतअनुसार हुन्छ– अध्यक्ष नेपाल



file photo
अ+ अ-

पर्वत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा गठबन्धन दलबीच सिट बाँडफाँट गरिने बताउनुभएको छ ।

पर्वतको कुश्मामा समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा कुनै दुविधा नभएको बताउनुभयो ।

उहाँले २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताउनुभयो । अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुङ्ग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको उनले बताउनुभयो ।

उहाँले उम्मेदवार छनोट विधि तय गर्न सत्तारुढ गठबन्धनमा निरन्तर छलफल भइरहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गर्नुभयो ।

आगामी निर्वाचनले एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्ने पुष्टि हुने उहाँको भनाइ थियो ।

नेकपा (एमाले) त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेको भन्दै अध्यक्ष नेपालले आगामी निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने बताउनुभयो ।