८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

एमाले अध्यक्ष ओलीद्वारा हलेसीमा चार लाख भेटी

एमाले अध्यक्ष ओलीद्वारा हलेसीमा चार लाख भेटी
अ+ अ-

खोटाङ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका गुम्बालाई रु दुई लाख भेटी पठाउनुएको छ । गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेपश्चात् भेटीस्वरुप मन्दिर र गुम्बालाई रु दुई-दुई लाख दान गर्ने घोषणा गर्नुभएको थियो ।

अध्यक्ष ओलीको घोषणा अनुसार रामनवमीको अवसर पारेर एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले सो रकम हस्तान्तरण गर्नुभएको छ । एमालेले आइतबार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डोमा लामालाई अध्यक्ष ओलीले पठाउनुभएको रकम हस्तान्तरण गरेको हो ।

एमाले अध्यक्ष ओलीले पठाउनुभएको सहयोग रकम ग्रहण गर्दै गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लामाले ओलीको स्वास्थ्य दीर्घायुको कामना गर्नुभएको छ । भेटी हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला सचिव कुमार आचार्य, उपसचिव दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई, हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।

पत्नी राधिका शाक्यसँगै हलेसी मन्दिर दर्शन तथा मारतिका गुम्बा अवलोकन गर्नुभएका अध्यक्ष ओलीले हलेसीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्वका बारेमा चर्चा गर्नुभएको थियो । प्रेस चौतारी नेपालले हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरेको सङ्क्षिप्त पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराएको समेत स्मरण गराउनुभएको थियो ।

हलेसीका २० आमा समूहलाई एक लाखका दरले बीउ पुँजी

हलेसी तुवाचुङ नगरपालिकाले नगरभित्र सक्रिय २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ । नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमूलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आर्थिक वर्ष २०७८÷७९ को बीउ पुँजी घुम्ती कोष कार्यक्रमअन्तर्गत आमा समूहलाई रु एक लाखका दरले बीउ पुँजी उपलब्ध गराइएको हो ।

स्थापनाकालदेखि हालसम्म जनही मासिक रु पाँचदेखि रु ५० का दरले बचत गर्दै आपसमा ऋण लगानी गरिरहेका आमा समूहको प्रोत्साहनका लागि फिर्ता गर्न नपर्नेगरी बीउ पुँजी रकम थप गरिदिएको नगरउपप्रमुख विमला राईले बताउनुभयो ।

“एघार वडा रहेको नगरपालिकामा हाल १०५ आमा समूह छन्”, उहाँले भन्नुभयो, “नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी सङ्ख्याको महिला आबद्ध भएका र कम्तीमा पाँच वर्षसम्म निरन्तर क्रियाशील रहेको समूहलाई छनोट गरेर बीउ पुँजी रकम प्रदान गरिएको हो ।”

नगरपालिकाले गत वर्ष नियमित बचत गर्दै आएका १५ आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको थियो । नगरपालिकाले उपलब्ध गराएको रु एक लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको ब्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ ।

बीउ पुँजी लिएपछि बाख्रा, बङ्गुर, तरकारी खेतीलगायत व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने शर्त छ । समूहबाट ऋण लिने व्यक्तिले नौँदेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र ब्याज फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाले बीउ पुँजीबापत रु एक लाख उपलब्ध गराएपछि आमा समूहमा आबद्ध महिला उत्साहित भएका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकाले महिला लक्षित विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

महिलाको सुविधाका लागि विभिन्न टोलमा कुटानी÷पिसानी मिल, बाख्रा तथा सुँगुरका पाठा वितरणका साथै कपास खेती तथा ढाका उद्योगसमेत सञ्चालनमा ल्याइएको छ । ढिकी तथा जाँतोमा अन्न पिस्न समय लाग्ने र शारीरिक बलको खर्च हुने भएकाले मिल वितरण गरिएको जनाइएको छ ।

ढिकी तथा जाँतोमा अन्न पिस्दै आएका महिलालाई लक्षित गर्दै तीन आर्थिक वर्ष लगाएर प्रत्येक टोलमा धान, मकै, गहुँ, कोदो पिस्ने कुटानीपिसानी मिल वितरण गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । एउटा विद्युतीय कुटानी-पिसानी मिलले टोलका १५-२० घरका बासिन्दा लाभान्वित भएका छन् ।