६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको कटाक्षः थुतुनाभरि रौँ भएको मुसाले धान खायो, रौँ नभएको भ्यागुतो कारबाहीमा पर्यो



file photo
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताउनु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताउनु भएको हो । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलियो बोको बनाउने काम गरेको आरोप समेत लगाउनु भयो । उनलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानवीन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाउनु भयो । त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाई नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दावी गर्नु भयो । उहाँले क्रान्तिकारी हुँ भन्नेहरुले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको अध्यक्ष ओलीको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘राजनीतिक प्रतिस्पर्धा भईरहेको छ । तर प्रतिस्पर्धा कस्तो भईरहेको छ भने अस्वस्थ । हिजोमात्रै पनि हामीले देख्यौं । हिजो थुतुनाभरी रौं भएको मुसाले धान खायो । एउटै रौं नभएको भ्यागुतोलाई कारबाही ग¥यो । तपाईँहरुले थाहा पाउनु भयो होला–धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन नि । त्यसमा पनि अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो । ध्वस्त पार्यो देशको अर्थतन्त्र । अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही गर्यो । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थियो । देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ । हिजो एउटा बर्खास्त ग¥यो । देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थवीद्, अर्थशाष्त्री राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई बनाईयो–बलिको बोको । उनलाई निलम्बन गरियो हिजो । र, माओवादी केन्द्रले नियुक्त गरेको, माओवादी केन्द्र निकट भनेर चिनिएका न्यायाधिशको नेतृत्वमा एउटा छानवीन समिति बनायो ।

माओवादी केन्द्र भनेर जानिएको मान्छे अहिले हामीलाई थाहा छ, न्यायालयको अवस्था । म केही धेरै भन्न चाहन्न । अर्को एउटा नियुक्ति पनि भयो । नातावाद, कृपावादको यत्रो बहस चलिराख्या छ, देशमा । नातावाद भो, कृपाबाद हो । अचाक्ली भो । क्रान्तिकारी हुँ भन्ने मान्छेले आफ्नो बाहेक कोही नियुक्ती गर्र्दैनन् भन्ने छँदै थियो । हिजो पुष्पकमल दाहालका भाई नारायणकमल दाहाल, हिजो एउटा खास गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रियसभामा लगियो । यत्रो बिध्न घाईते छन । सहीदका परिवार छन । यत्रो विध्न आन्दोलन गरेका मान्छेहरु छन, दुःख पाएका मान्छेहरु छन । अपांगता भएको व्यक्तिहरु छन । सरिरमा गोली लिएर हिँडीरहेका व्यक्तिहरु छन । जनयुद्धको नाममा ज्यान हत्केलामा राखेर मौकाले बाँचेका मान्छेहरु छन । ती सबै मान्छेहरुलाई पन्छाएर, तीनलाई छाडेर, तीनलाई अनादर र उपेक्षा गरेर आफ्नै भाईलाई राष्ट्रियसभा सदस्य बनाउने बुद्धि, मति, क्रियाकलाप हिजो फेरी भयो ।’

अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप समेत लगाउनु भयो । सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरुलाई हस्ताक्षर नगरे नगर्नुस् भनेर थर्काएको उहाँको गुनासो थियो । नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरुसँग परामर्श नगरी जारी गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भयो । निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डाको पो देखाउने गरेको अध्यक्ष ओलीले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘२०४८ सालदेखि हामी लगातार निर्वाचन लडिराखेका छौं । राजनीतिक दलहरुसँग परामर्श नगरीकन सत्तापक्षीय दलहरु र सरकारसँग मात्रै परामर्श गरेर आचारसंहिता पहिलो पल्ट नेपालमा जारी भयो । जो सबैले मान्नुपर्छ । तर सल्लाहचाँही सत्तापक्षसँग मात्रै हुन्छ । अरुसँग सल्लाह भएन । हामीसँग सल्लाह भएन । हाम्रो प्रतिनिधिलाई निर्वाचन आयोगले तपाईहरुले पढन पनि दिनु भएन, बोल्न पनि दिनु भएन । अनि कसरी सही गर्ने यो ठिक छ भनेर भन्दा आयोगले तपाईहरुले सही गर्ने गर्नुस् नगरे नगर्नुस केही छैन । मन लागे गर्नुस नलागे नगर्नुस हामी अगाडि बढछौं । जसले मान्दैन उसलाई कारबाही गर्छौै भनेर निर्वाचन आयोग, जसले अनुरोध गथ्र्यो ।

कानुन बमोजिम कारबाही गरे भैगो । तर जारी गर्दा खेरी नै उसले कारबाहीको डण्डा देखाएर जारी ग¥यो । आचारसंहितामा नमान्नुपर्ने कुरा छन कि भन्ने उसै देखिएन ? आचारसंहिता नमान्नेलाई जो सुकैलाई कारबाही गरिन्छ भनेर थर्कायो त निर्वाचन आयोगले । निर्वाचन आयोग निर्वाचन गराउने चिज हो । थर्काउने चिज त होईन् तर थर्कायो । किनभने उसले कसैसँग परामर्श सत्ता बाहिरका राजनीतिक दलहरुसँग परामर्श गरेन । र, देशको प्रमुख राजनीतिक दलसँग परामर्श गर्न आवश्यक ठानेन । बरु तपाईहरुसँग परामर्श गर्न आवश्यक छैन भनेर थर्कायो । तर पनि हामी निर्वाचन आचारसंहिता मान्छौं ।’