३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही
अ+ अ-

काठमाडौँ । संसारभरका मानिसले सगरमाथाको देश भनेर नेपाललाई चिन्छन् । सर्वोच्च शिखरको आरोहण गर्ने कुरा धेरैका लागि सपनाको उडान जस्तै लाग्छ । तीमध्ये केहीले यसको सफल आरोहण गरिसकेका छन् भने केही आगामी दिनमा सफल यात्रा गरौँला भनेर प्रतीक्षारत छन् ।

स्वर्गको टुक्रा जस्तै लाग्ने सगरमाथाको उडान आफैँमा साहसको एउटा प्रतिबिम्ब बन्न पुगेको छ । मानिस जति रोमाञ्चित छ, त्यत्ति सजिलो भने छैन सगरमाथाको उचाइ नाप्ने कुरा । किनकि, हिमनदी र हिमखाल्डोका कारण धेरैले जीवनको इहलीला उतै समाप्त गर्नुपरेको छ । हिमालमा जति आकर्षण छ, त्योसँगै पीडा र वेदना पनि उत्तिकै छ । किनकि, क्षणभरमा जीवन सकिदिने क्षमता उसैसँग छ । तर आरोहणको सफल प्रतीक्षा भने धेरै साहसीका लागि अझै पनि कुरेर बसिरहेको छ । सर्वोच्च शिखरमा १३ वर्षे बालकदेखि ८० वर्षका वृद्धले पनि सफलताको उचाइ बनाएका छन् ।

केही आरोही तीव्र गतिका साथ आरोहण गरेर रेकर्ड बनाएका छन् भने कोही अक्सिजन विना नै सगरमाथा पुगेका छन् । एक आरोहीले त सगरमाथा पुगेर प्याराग्लाइडिङ समेत गरेर रेकर्ड कायम राखे भने एक जोडीले त्यही विवाह गरेको रेकर्ड पनि छ । सगरमाथासँग जोडिएका सयौँ रेकर्ड बनिरहेका छन् । आगामी दिनमा पनि बन्ने नै छ । तर सुरक्षित आरोहण गरेर सुरक्षित फर्कने विषयमा आफैँमा अर्को महत्वपूर्ण छ ।

शिखर पुगेर नापेको सफलताको उचाइ आफ्ना घर परिवार, आफन्त र साथीभाइलाई सुनाउन नपाउँदै धेरै आरोही हिउँको काखमा नै निदाएका छन् । जो कहिल्यै उठ्ने छैनन् । जलवायु परिवर्तनका कारण हिमालमा तापक्रम वृद्धि हुँदै गएको छ । हिमनदीहरु पग्लँदै छन् । खुम्बु हिमनदी संसारका लामा हिमनदी मध्येको एक हो । यही हिमनदीले सगरमाथा आरोहणमा गएकालाई फर्केर आउन दिएको छैन ।

फ्रेन्च आरोही जिन मार्क बोबिनले सगरमाथाबाट पहिलो पटक प्याराग्लाइडिङ गरेर सन् १९९८ मा रेकर्ड राखेका थिए । नेपाली शेर्पाको सगरमाथा आरोहणमा देखाएको साहसको संसारभर नै प्रशंसा हुने गरेको छ । शेर्पालाई विश्वास र मिहिनेतको प्रतीकका रुपमा समेत लिइन्छ । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक गरेको सफल आरोहणदेखि नै नेपाली शेर्पा समुदायको नाम विश्वजगत्ले चिनेको छ ।

पछिल्ला दिनमा आरोहणका अनेकन पटक सफलताको नाम राख्नुभएको पासाङ नुरु शेर्पाको काँधमा यसपटक भने नयाँ जिम्मेवारी छ । हिमाल आरोहण गर्नु उहाँलाई कुनै गाह्रो काम जस्तो लाग्दैन । बिहीबार साँझ उहाँ नेपालको पर्यटन क्षेत्रमा पुनः जागरण ल्याउने उद्देश्यका साथ आयोजित एक कार्यक्रममा भेटिनुभयो । यतिबेला उहाँ फ्रान्सेली आरोही एवम् नेपाललाई असाध्यै धेरै माया गर्ने मार्क बटारले सगरमाथामा तय गर्नुभएको एउटा मिसनलाई सफल बनाउन लाग्नुभएको छ ।

सगरमाथा आरोहण गर्न चाहनेलाई सुरक्षित बाटो बनाउने काममा पासाङ र मार्क बटार्डको सहयात्रा भइरहेको छ । आरोहण गर्ने विषय आफँैमा महत्वपूर्ण हुँदै हो, त्यसमाथि सुरक्षित जाने र आउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । सोही कामलाई मूर्त रुप दिन उहाँहरु निरन्तर लागिपर्नुभएको छ । वसन्त ऋतु सुरु भइसकेको छ । हिमालले आरोहीलाई बोलाइरहेको तथा कोरोनाले थला परेको पर्यटन उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउने दायित्व पनि यतिबेलाको अहम् प्रश्न बनेको छ ।

कोरोनाका कारण सङ्कटमा परेको पर्यटन उद्योगको पुनरुत्थान गर्दै नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रवद्र्धन गर्नका लागि यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी स्वरोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान गर्ने लक्ष्यका साथ सरकारले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको छ । सो समिति मातहत रहनेगरी पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन भएको छ ।

सोही समितिले सगरमाथा आरोहणलाई थप सुरक्षित बनाउने लक्ष्यका साथ काम गरिरहेको छ । सन् १९८८ को २६ मा २२ घण्टा २९ मिनेटमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाउनुभएका मार्कले नेपालको नाम संसारभर चिनाउन र सगरमाथा आरोहण सुरक्षित छ भन्ने सन्देश दिन निरन्तर प्रयासरत हुनुहुन्छ । आरोही मार्कका अनुसार नयाँ बाटो गोरखसेप ९पाँच हजार १६४ मिटर०बाट सुरु हुन्छ । असाध्यै जोखिमपूर्ण मानिएको खुम्बु आइसफललाई छलेर विद्यमान आरोहणमार्गभन्दा पूर्वपट्टिबाट ढुङ्गा र चट्टानै चट्टानको बाटो बनाइँदैछ । सगरमाथाको आधार शिविर सुमन्द्री पाँच हजार ३६४ मिटरमा छ ।

“विद्यमान बाटोभन्दा सुरक्षित मार्ग बनाउने अभियानमा हामी सफलता नजिकै पुगेका छौँ । नेपाली शेर्पा र फ्रान्सेली आरोहीको समूहसमेत सो कार्यमा निरन्तर क्रियाशील छ । हामीले केही दिनमा नै सफलता हासिल गर्छौं,” बिहीबार साँझ आफ्नो कामका बारेमा मार्कले भन्नुभयो । आइसफल छलेर ढुङ्गा र चट्टानको बाटो हुँदै क्याम्प एकमा पुगिनेछ । त्यसका लागि ३०० मिटर ओरालो झर्नुपर्नेछ । आधार शिविर र क्याम्प एकबीचको सबैभन्दा जोखिमपूर्ण क्षेत्र छलेर नयाँ बाटो बनाउन लागिएको मार्कको भनाइ छ ।

खुम्बु हिमनदी र खुम्बु आइसफल सगरमाथा आरोहणको सबैभन्दा जोखिमपूर्ण क्षेत्रका रुपमा चिनिन्छ । नयाँ बाटो पत्ता लगाउने अभियानमा आफूहरू सफलता नजिक पुगेको र त्यसले व्यावसायिक आरोहण दललाई सबैभन्दा बढी फाइदा पुग्नेछ । विश्वव्यापी तापमानमा भएको वृद्धि एवम् जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा पर्दा त्यसको असर सगरमाथा क्षेत्रमा पनि परेको छ । सन् २०१४ मा हिमपहिराका कारण खुम्बु आइसफलमा नै १४ नेपाली शेर्पाको ज्यान गएको थियो ।

सोही आइसफलका कारण सगरमाथाको आरोहण नेपालबाट तिब्बततर्फ गएको अनुमान पनि भइरहेको छ । तुलनात्मक रुपमा तिब्बतबाट सगरमाथा आरोहण गर्नु सहज मानिन्छ । तर रोमाञ्चकताका आधारमा भने नेपालतर्फको बाटो नै महत्वपूर्ण छ । नेपाल सरकारले गरेको अध्ययनबाट सगरमाथाको नयाँ उचाइ ८,८४८ दशमलब ८६ मिटर कायम भएको छ । “उमेरले ७० वर्ष पुगे पनि मेरो जोस उस्तै युवा छ । नेपालप्रति मेरो असाध्यै श्रद्धा छ । सोही कारण हामीले यसमा काम गरिरहेका छौँ”, मार्कले भन्नुभयो, “अघिल्लो वर्ष नै हाम्रो समूहले नयाँ र सुरक्षित मार्ग पहिचान गरेको हो । यस पटक हाम्रो आरोहण दल सोही बाटो भएर शिखरमा पुग्ने योजना छ ।”

मार्कका ४२ वर्षीय छोरासहितको चार सदस्यीय आरोहण दल नयाँ बाटोबाट आरोहण गर्ने योजना बनेको छ । सात दशकपहिले एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले हिँडेको बाटो हालसम्म परिवर्तन भएको छैन । जानकारहरुका अनुसार खुम्बु आइसफल क्षेत्रमा मात्रै आरोही र शेर्पासहित ४० बढीको ज्यान गइसकेको छ । त्यसले संसारभरमा आरोहीलाई त्रसित बनाएको छ । उनीहरुको मनमा एउटा जिज्ञासा छ – के फरक र नयाँ बाटो खोज्न सकिँदैन रु सोही जिज्ञासाको समाधान गर्ने उद्देश्यका साथ आफूहरुले काम गरेको मार्कको भनाइ छ ।

मार्कसँगै नयाँ बाटोको खोज्न लागिपरेका शेर्पाले अघिल्लो वर्ष नै पाँच हजार ५०० मिटर बराबरको उचाइसम्म नयाँ वैकल्पिक मार्ग पहिचान गरेको जानकारी दिनुभयो । बाह्र पटक सगरमाथाको शिखरमा पुग्नुभएका शेर्पाले नयाँ बाटो हेलिकोप्टरबाट पनि हेरेको जानकारी दिनुभयो । “वैकल्पिक मार्ग विद्यमान मार्गभन्दा सुरक्षित छ भन्ने हाम्रो दाबी छ”, उहाँले भन्नुभयो ।

विद्यमान बाटो सगरमाथा आधार शिविर हुँदैछ हजार ६५ मिटर उचाइमा रहेको पहिलो शिविर पुग्ने गरेका छन् । यसमा खोँच र हिमनदीको किनारै किनार हिँड्नुपर्छ । कुन बेला हिमपहिरो आउँछ भन्ने कुनै ठेगान हुँदैन । सोही कारण आरोही उज्यालो नहुँदै यात्रा गर्ने गरेका छन् । नयाँ वैकल्पिक मार्ग तय भएपछि त्यो जोखिम हट्नेछ । पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार कोरोना कहरका कारण समस्यामा परेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा ल्याउन सगरमाथाको नयाँ बाटोले पनि काम गर्नेछ । सगरमाथा आरोहण गरौँ भनेर आउने आरोहीलाई यसले नयाँ आत्मविश्वास पैदा गर्ने उहाँको भनाइ छ । सो बाटोलाई नेपाल सरकारले मान्यता दिनुपर्नेछ ।

मार्कलगायतको समूहले पहिचान गरेको बाटो कम जोखिमपूर्ण भएको निश्चित भएपछि व्यावसायिक रुपमा आरोहणका लागि अनुमति दिइने उहाँको भनाइ छ । सन् २०१९ को वसन्त ऋतुमा एक हजार २४ जनाले आरोहणको अनुमति लिएको भए पनि ६४४ जनाले शिखर चुमेका थिए । त्यसपछि कोरोनाका कारण आरोहण पूर्णतया बन्द हुन पुग्यो । यस पटक हालसम्म १७६ जनाले आरोहणको अनुमति लिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले जनाएको छ ।

हिमाल आरोहणका लागि अनुमतिपत्र जारी गर्ने पर्यटन विभागका अनुसार बुधबार सम्म ८८४८.८६ मिटर उचाइको विश्वकै सर्वोच्च शिखर आरोहणका लागि १७६ जनाले अनुमति लिएका छन् । (रासस, रमेश लम्साल)