८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

‘केन्द्रबाट निर्देशित गर्न सकिएला तर हात समाएर मत खसाल्न त सकिँदैन’ (भिडियोसहित)

‘केन्द्रबाट निर्देशित गर्न सकिएला तर हात समाएर मत खसाल्न त सकिँदैन’ (भिडियोसहित)
अ+ अ-

गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई हामीले सहयोग गरेका हौँ । यसपटक माओवादीले कांग्रेसलाई सहयोग गर्नुपर्छ । केन्द्रबाट निर्देशित गर्न सकिएला तर हात समाएर मत खसाल्न त सकिँदैन नि। जिल्लाको निर्णयविपरीत निर्देशन भए निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्छ । यस्तो अवस्थामा कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली कांग्रेस पार्टी नै धराशायी बन्नेछ ।

गलत निर्देशनमा कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो हुँदैन, नेतृत्वले सोच्नु पर्छ । ‘आकाश खस्यो भने के हुन्छ म भन्न सक्दिन । टिकट लिने र समूह भित्रबाट निर्देशन गरेर त्यसले कार्यकर्तालाई समात्ने कुरा राम्रो हो कि, कार्यकर्ताको मन जितेर निर्वाचन जित्ने ? कार्यकर्ताको लेभलमा रहेका मानिसहरुलाई केन्द्रीय नेतृत्वबाट निर्देशित गर्न सकिन्छ ।

तर मतदाताको हात समाएर मत हाल्न सकिँदैन । तसर्थ यो रिजल्ट भोलि त्यसपछिको हाम्रो सोच, हाम्रो दृष्टिकोण हाम्रो गठबन्धन कहाँ पुग्ने हो रु त्यसबारेमा नेताहरुले पुनः विचार गर्नुपर्छ ।’ यसपटक नेपाली कांग्रेस पार्टीले भरतपुर महानगरपालिकाको प्रमुखमा दाबेदारी छाड्दैन । २०७४ सालको निर्वाचनमा पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब नेपाली कांग्रेसलाई माओवादीले तिर्नुपर्छ । महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको दाबी रहन्छ र अन्य पदमा गठबन्धनबीचमा तालमेल गरेर जान सकिन्छ ।

यस बारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी पनि गराएका छौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद भएको र उहाँ चितवन जिल्लामा रहेका सबै राजनीतिक पार्टीको अभिभावक भएकोले पनि आफन्तवादलाई त्यागेर यस पटक कांग्रेसलाई महानगरको नेतृत्वमा सहयोग गर्नुपर्छ ।

दाहालले गत निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गरेको र यस पटक कांग्रेसलाई सहयोग गरे गठबन्धन पनि बच्ने र संविधानको रक्षा पनि हुन्छ । नेकपा (माओवादी केन्द्र)लाई गत निर्वाचनमा कांग्रेसले सहयोग गरे पनि त्यसपछिका दिनहरुबाट कांग्रेस कार्यकर्ताहरु माअ‍ोवादीको गतिविधिका कारण दुःखी बनिरहेका छन् यसपटक कांग्रेसलाई सहयोग गरेर नेपाली कांग्रेसका चिन्तित कार्यकर्ताहरुलाई खुशी बनाउने काम माओवादीले गर्नुपर्छ । ‘चितवनसँग र नेपाली कांग्रेससँग अहिले दुई वटा सम्बन्ध जोडिएको छ । एउटा हामी नेपाली कांग्रेसमा आबद्ध छौँ । हाम्रो केन्द्रीय सभापति शेरबहादुर देउवा हुनुहुन्छ, जो गठबन्धनकै प्रधानमन्त्री हुनुहुन्छ । साथै गठबन्धनको अर्को बलियो पार्टनरका रुपमा माओवादी केन्द्रका आदरणीय पुष्पकमल दाहाल आउनुभएको छ ।

उहाँ चितवन जिल्लाकै मान्य सांसद हुनुहुन्छ । त्यसैले उहाँले यो गठबन्धनलाई जीवित राख्नका लागि सँगै उहाँको कार्यक्षेत्र पनि चितवन भएको कारणले चितवनभित्र रहेका राजनीतिक पार्टीहरुका बीचमा उहाँ माआवादी केन्द्रको नेता भए पनि उहाँले नेपाली कांग्रेसलाई पनि बराबर माया ममता गर्नुपर्दछ । गठबन्धनको सैद्धान्तिक र व्यावहारिक पक्ष भनेको आलोपालो हो । २०७४ मा हामीले सहयोग गर्यौं।

२०७९ मा तपाईंले सहयोग गर्नुहोस् । २०७४ मा सहयोग गरिसकेपछिको परिस्थिति नेपाली कांग्रेसका कार्यकर्ताहरुको बीचमा विशेषगरी माओवादी केन्द्रको फरक ढङ्गबाट कार्यकर्ताको बीचमा धमिलो मन भएको छ । धमिलो मनलाई संग्ल्याउनका निमित्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फराकिलो छाती गरेर, परिवारभन्दा बाहिर आएर संविधान र गठबन्धनको रक्षा गर्न फराकिलो छाती बनाएर यस पटकको स्थानीय निर्वाचनमा प्रमुख पदमा कांग्रेसलाई सहयोग गरी अन्य पदमा आवश्यक तालमेल गरेर सामुहिकरुपमा निर्वाचनमा जाने वातावरण बनाउन आवश्यक छ ।’

नेपाली कांग्रेस चितवनले कार्यकर्ताहरुको भविष्यप्रति सुरक्षित गर्न र नेपाली कांग्रेसलाई जीवन्त दिनका लागि तथा नेपाली कांग्रेसको त्यहाँको सङ्गठनलाई भोलिका दिनमा पनि जीवित राख्नका लागि नेपाली कांग्रेस चितवनले एउटा निर्णय गर्नुपर्ने हाम्रो बाध्यात्मक अवस्था रह्यो । नेपाली कांग्रेसको केन्द्रिय समिति तहबाट हामीलाई जुन परिपत्र गरियो, स्थानीय तहमा आवश्यक्ता र औचित्यको आधारमा अन्य गठबन्धनका दलहरुसँग तालमेल गरेर निर्वाचनमा जाने भन्ने कुरासँग नेपाली कांग्रेसको केन्द्रिय समितिले परिपत्र गर्यो । त्यही परिपत्रलाई टेकेर नेपाली कांग्रेस चितवनले विविध क्षेत्रमा सरसल्लाह र राय लिएर गएको चैत २० गते हामी एउटा निर्णयमा पुग्यौँ ।

हामी आसन्न निर्वाचनमा गठबन्धनका दलहरुबीचको तालमेललाई नेपाली कांग्रेसको केन्द्रिय समितिले गरेको निर्णयअनुसार आत्मसाथ गर्दछौँ । तर चितवनको हकमा यस पटक अब हाम्रो पालो महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको उम्मेदवार कायम गर्दिनका लागि नेपाली कांग्रेसको केन्द्रिय समिति, आरणीय शेरबहादुर देउवा र पदाधिकारी र वरिष्ठ नेताहरुलाई हामीले त्यसमा विशेष आग्रह गर्ने गरी निर्णय लियौँ ।’

चितवन महानगरपालिका क्षेत्रमा नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभूमि गर्विलो रहेको छ । विभिन्न आन्दोलनमा चितवनबाट नेपाली कांग्रेसले गरेको नेतृत्व कांग्रेसप्रतिको विश्वासले पनि महानगरमा कांग्रेसको छुट्टै पहिचान रहेको छ । नेपाली कांग्रेसलाई यसपटक मतदान गरेर नजिताए त्यसको मत परिणाम सोचेको भन्दा फरक आउनेतर्फ बेलैमा सचेत गराएको छु ।

-नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले न्युज एजेन्सी नेपालसँग गर्नुभएको कुराकानीमा आधारित