२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी प्रशान्त क्षेत्रमा जलवायु सङ्कटका कारण हरेक वर्ष ३५ लाख मानिसको मृत्यु हुन्छ : विश्व स्वास्थ्य सङ्गठन



अ+ अ-

मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार वातावरणीय कारणले गर्दा हरेक वर्ष पश्चिमी प्रशान्त क्षेत्रमा करिब ३५ लाख मानिसको मृत्यु हुने गरेको छ।

एक भर्चुअल प्रेस सम्मेलनमा पश्चिमी प्रशान्त क्षेत्रका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक ताकेशी कासाईले भने, “खडेरी, गर्मी छाल, टाइफुन, बाढी र जङ्गली आगो जस्ता चरम मौसमी घटनाहरूले यस क्षेत्रका विभिन्न भागहरूमा मानिसहरूको स्वास्थ्यलाई असर गर्छ।”

डब्लुएचओको तथ्याङ्कअनुसार पश्चिमी प्रशान्त क्षेत्रमा प्रत्येक १४ सेकेन्डमा एक व्यक्तिको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ ।

डब्ल्यूएचओले चेतावनी दिँदै भनेको छ, “बढ्दो समुद्री सतह र बढ्दो उष्णकटिबंधीय आँधीले ताजा पानीमाथिको पहुँच कम गर्छ, समुद्र तटहरू र चट्टानहरू बिग्रन्छ र प्रशान्त टापुहरूमा मानिसहरूको जीवन र जीविकोपार्जनलाई खतरामा पार्छ।”

डेंगु र मलेरिया, खाना र सुरक्षित पिउने पानीको असुरक्षा, जमिनको क्षय र चरम मौसमी घटनाहरू जस्ता वेक्टर–जनित रोगहरूको वृद्धिले यी स्वास्थ्य प्रणालीहरूलाई थप तनाव दिन्छ र असमानरूपमा सबैभन्दा कमजोरहरूलाई असर गर्छ।

“आज प्रदूषण र प्लास्टिक हाम्रो गहिरो महासागर र अग्लो हिमालको फेदमा पाइन्छ र हाम्रो खाद्य श्रृंखलामा प्रवेश गरेको छ”, डब्ल्यूएचओले सोमबार ‘स्वास्थ्य र वातावरण’ शीर्षकको प्रेस विज्ञप्तिमा भन्यो ।

“यो एकदम स्पष्ट छ, अब काम गर्ने समय हो”, कासाईले भने, “यदि हामीले आज काम कारबाही गरेनौँ भने हामीले भविष्यमा हाम्रो स्वास्थ्यलाई जोखिममा पार्छौँ।” सिन्ह्वा




भर्खरै