२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी प्रशान्त क्षेत्रमा जलवायु सङ्कटका कारण हरेक वर्ष ३५ लाख मानिसको मृत्यु हुन्छ : विश्व स्वास्थ्य सङ्गठन



अ+ अ-

मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार वातावरणीय कारणले गर्दा हरेक वर्ष पश्चिमी प्रशान्त क्षेत्रमा करिब ३५ लाख मानिसको मृत्यु हुने गरेको छ।

एक भर्चुअल प्रेस सम्मेलनमा पश्चिमी प्रशान्त क्षेत्रका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक ताकेशी कासाईले भने, “खडेरी, गर्मी छाल, टाइफुन, बाढी र जङ्गली आगो जस्ता चरम मौसमी घटनाहरूले यस क्षेत्रका विभिन्न भागहरूमा मानिसहरूको स्वास्थ्यलाई असर गर्छ।”

डब्लुएचओको तथ्याङ्कअनुसार पश्चिमी प्रशान्त क्षेत्रमा प्रत्येक १४ सेकेन्डमा एक व्यक्तिको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ ।

डब्ल्यूएचओले चेतावनी दिँदै भनेको छ, “बढ्दो समुद्री सतह र बढ्दो उष्णकटिबंधीय आँधीले ताजा पानीमाथिको पहुँच कम गर्छ, समुद्र तटहरू र चट्टानहरू बिग्रन्छ र प्रशान्त टापुहरूमा मानिसहरूको जीवन र जीविकोपार्जनलाई खतरामा पार्छ।”

डेंगु र मलेरिया, खाना र सुरक्षित पिउने पानीको असुरक्षा, जमिनको क्षय र चरम मौसमी घटनाहरू जस्ता वेक्टर–जनित रोगहरूको वृद्धिले यी स्वास्थ्य प्रणालीहरूलाई थप तनाव दिन्छ र असमानरूपमा सबैभन्दा कमजोरहरूलाई असर गर्छ।

“आज प्रदूषण र प्लास्टिक हाम्रो गहिरो महासागर र अग्लो हिमालको फेदमा पाइन्छ र हाम्रो खाद्य श्रृंखलामा प्रवेश गरेको छ”, डब्ल्यूएचओले सोमबार ‘स्वास्थ्य र वातावरण’ शीर्षकको प्रेस विज्ञप्तिमा भन्यो ।

“यो एकदम स्पष्ट छ, अब काम गर्ने समय हो”, कासाईले भने, “यदि हामीले आज काम कारबाही गरेनौँ भने हामीले भविष्यमा हाम्रो स्वास्थ्यलाई जोखिममा पार्छौँ।” सिन्ह्वा