२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ लाख पारिश्रमिक लिएर फिल्म खेल्दै भिटेन



अ+ अ-

काठमाडौं । युवापुस्तामाझ चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ले पनि अब फिल्ममा काम गर्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिँदै हालै एक फिल्ममा अनुबन्धित भएका हुन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ मा उनलाई नायकको रुपमा देखिनेछ । 
 
आइतवार राजधानीमा आयोजित फिल्म ‘डाँडाको बर पीपल’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर फिल्म निर्माण गर्न लागेको जानकारी दिए । 

यद्यपि, उनले पारिश्रमिकको विषयमा भने खुलाएनन् । यो फिल्म ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज गर्ने गरी निर्माण हुनेछ । 
 
रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए ।