१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टीमा फरक मतको अवस्था नै छैन, सबै हिसाबले एकतावद्ध छ’: विष्णु पौडेल ( भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनु भएको छ । पार्टीका संगठन विभाग प्रमुख समेत रहनु भएका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी समेत गर्नु भयो । उहाँले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पार्नु भयो ।

सोमबार हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिनु भयो ।

उहाँले भन्नु भयो, ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमती रह्यो भने उसले औपचारिक रुपले बैठकको माईन्यूटमा दर्ज गर्नुपर्छ । औपचारिक रुपमा दर्ज भयो भने देखिन त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औंपचारिक रुपमा फरक मत राखेन भने देखिन उ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौं । औपचारिक रुपमा माईन्युटमा कसैले मेरो मत यो हो भनेर दर्ज नगर्दासम्म पार्टीमा फरक मत छ भनेर मानिदैन । अव यस पटकको जहाँसम्म सन्दर्भ छ । यस पटक कसैले पनि पार्टीमा फरक मत राखेको होईन । विचार त सबैले व्यक्त ग¥यौं हामीले स्थायी कमिटीको बैठकमा, केन्द्रिय कमिटीको बैठक, विधान महाधिवेशनमा । सबै ठाउँमा हामीले आफूलाई लागेका कुराहरु बोल्यौं । तर अज औपचारिक निर्णय हुन्छ । त्यो निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरकमत प्रस्तुत गरेको अवस्था होईन । त्यसकारणले पार्टीमा फरक मतको अवस्थानै छैन । पार्टी विचारमा, संगठनमा सबै हिसावले एकतावद्ध छ ।’

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताउनु भयो । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उहाँको तर्क छ । उपमहासचिव पौडेलले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्डावश, इस्र्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरु पुनः फर्किने क्रम सुरु भएको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले जे भनि आएका थियौ । त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले, महाधिवेशनमा जुन खालको रिर्पोटिङ भयो, त्यसले पुनर्पुष्टि गरेको छ । एमाले विभाजित भएको छैन । केही साथीहरु स्वार्थबस, कुण्डाबस, ईस्यावश पार्टीबाट अलग भए । केही साथीहरु भ्रममा परे । तर भ्रममा रहेका साथीहरु क्रमशः फर्किरहेका छन ।’

उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरु बढि प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गर्नु भयो । हिजो (आईतबार) सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गर्नु भएको थियो । उपमहासचिव पौडेलले सो महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘महाधिवेशन निर्धारित समयमै हुन्छ । हिजो अध्यक्षले विधान महाधिवेशनको सन्दर्भमा बुटवलमा राष्ट्रिय महाधिवेशन आयोजना हुने कुरा घोषणा गर्नु भएको छ । भव्यतापूर्वक आयोजना हुन्छ । तोकिएकै समयमा आयोजना हुन्छ । सफलतापूर्वक सम्पन्न हुन्छ । त्यसले राष्ट्रिय राजनीतिमा नेकपा (एमाले)को भूमिकालाई अरु बढि प्रभावकारी बनाएर जान्छ ।’

उपमहासचिव पौडेलले पार्टीको विधान महाधिवेशन पार्टी जीवनमै पहिलो पटक एकमतका साथ सम्पन्न भएको स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘एकता भावका साथ प्रवेश गर्यौ । एकताभावका साथ छलफल गर्यौै । सहमती र सर्वसम्मतीले निर्णय गर्यौं । र एकतावद्ध भएर हल बाहिर निस्कियौं । यो चाँही महाधिवेशनको विशिष्ट विशेषता हो भन्ने म ठान्दछु । यसले चाँही आम जनता र कार्यकर्ताप्रति पार्टीको भरोसा बढाएको छ ।’