• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टि -२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना ★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल

नेपाल टेलिकममा कर्मचारीहरु आन्दोलित, टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको आरोप (भिडियोसहित)



काठमाडौं । नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरीरहेको बेला कर्मचारीहरुले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् ।

टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रवन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताउनुभयो । टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उहाँले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताउनुभयो । नेपाल टेलिकम नबुझेको मान्छेले यस संस्थालाई हाँक्न नसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आज दुई दिन देखि नेपाल टेलिकममा एमडीको नियक्ति हुँदै गर्दाखेरी नेपाल टेलिकममा बिसौँ वर्ष, तिसौँ वर्षसम्म काम गरेका व्यक्तित्वहरु हुनुहुन्छ । सिनियर सर, म्याडमहरु हुनुहुन्छ । यो संस्थामा आफ्नो जीवनको सम्पूर्ण लगानीहरुपनि लगाइसक्नु भएको छ । संस्था बुझेको, संस्थामा भिजेको र संस्थामा लगानी गरेको मान्छे र संस्थालाई सबैतिरबाट बुझेको मान्छे संस्था प्रमुख हुनुपर्छ । र नेपाल टेलिकम एक नम्बर संस्था हुनका लागि आजसम्म आइपुग्दा जुन अभियानहरु उहाँहरुले आफ्नो संस्थामा लगानीहरु पनि गर्नुभएको छ ।

संस्था एक नम्बर हुनका लागि यहीँको संस्था प्रमुख भएर पनि आजसम्म कायम रहेको कुराको कारणले आज बाह्य हस्तक्षेपका कुराहरु पनि आएका छन् । विभिन्न किसिमका सेटिङका कुराहरु पनि आएका छन् । हामी के चाहान्छौँ भने नेपाल टेलिकममा बाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई ड्राइभ गर्न सक्छ । संस्थाको उन्नति, प्रगतिको लागि र संस्थालाई दिगो जिवन्तता दिनका लागि पनि यहाँको सिनियर सर÷म्याडमहरु यहाँको एमडी हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौँ ।’

नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरुलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।