९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४६.४६ अंकले घट्यो, कारोबार रकम भने बढ्यो



अ+ अ-

काठमाडौँ । मंगलबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

सोमबार सामान्य अंकले गिरावट आएको नेप्से सूचक ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंकले गिरावट भएको छ ।

मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर २ अर्ब ६७ करोड १२ लाख ३२ हजार २८८ रुपैयाँमा खरिद बिक्री भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबारको दिन डेढ अर्बको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमा होटल उपसमूह बाहेक अन्य १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

त्यस्तै, भर्खरै शेयर बजारमा सूचिकृत भएको नेश्डो लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ । जाल्पा लघुवित्त र युनिलिभर नेपालको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ । यस्तै इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ६.३७ प्रतिशत, युनाइटेड इदि मर्दी ६.०१ प्रतिशतले घटेको छ ।

कारोबारको हिसावमा हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ९ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड ५९ लाख, नेपाल लाइफको ८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।