२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिहे गर्ने उमेर १८ वर्ष नै ठीक छ’



अ+ अ-

काठमाडौँ । ढिलो विवाह हुँदा पनि अपराधका घटना हुने गरेकाले विवाह गर्ने उमेर घटाउनुपर्ने सांसदहरुले धारणा राखेका छन् । सोमबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले मुलुकी देवानी संहिता २०७४ ले विवाह गर्न कम्तिमा २० वर्ष चाहिने उमेरलाई १८ बनाउनुपर्ने धारणा राखेका हुन्।

कांग्रेस सांसद मीन विश्वकर्माले स्वैच्छिक रुपमा यौन सम्बन्ध राख्न पाउने उमेर १८ वर्ष भएपछि विवाहका लागि २० वर्ष पुग्नै पर्ने प्रावधान उपयुक्त नभएको जिकिर गरे।

 ‘पहिले प्रविधिको कुनै प्रयोग थिएन १६ वर्षमै साबालक हुन्थ्यो । अहिले ४ बर्षको बच्चाले भिडियो गेम खेल्छ । ८ वर्षमा गाडी कुदाउँछ हामी १८ वर्षमा साबालक भन्छौं । यसबारे अध्ययन गरौं र कानुनी सुधार हुनुपर्छ, विश्वकर्माले भने।’

माओवादी केन्द्रका सांसद मातृका यादवले पनि विवाह गर्ने घटाउन आवश्यक भएको बताएका छन् । उनले मधेसमा आर्थिक अवस्थाका कारण छिटो विवाह हुने प्रचलनका कारण पनि २० वर्षमा बिहे गर्ने उमेर तोकिनु राम्रो नभएको उल्लेख गरे।

समिति सभापति कृष्णभक्त पोखरेलले पनि विवाह गर्ने उमेर नेपालीको सन्र्दभमा १८ नै उपयुक्त भएको भनाइ राखे। उनले देवानी संहितामा भएको व्यवस्था परिमार्जनका लागि सरकारलाई सुझाव दिने बताए।