२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

पुरुषलाई डरलाग्दा रोग लाग्नु अघि देखिने यस्ता लक्षण

पुरुषलाई डरलाग्दा रोग लाग्नु अघि देखिने यस्ता लक्षण
अ अ+ अ-

काठमाडौं । पुरुष महिलाको तुलनामा स्वास्थ्यको विषयमा लापर्वाही हुन्छन् । उनीहरु स्वास्थ्यको ख्याल गर्दैनन् । सामन्य स्वास्थ्य समस्या हुँदा पुरुषहरुले वेवास्ता गरिरहन्छन् । तर अलि ढिलो भएपछि यस्ता रोगबाट बँच्न मुस्किल हुन थाल्छ ।

यहाँ पुरुषलाई गम्भिर रोग लाग्नु अघि देखिने १२ लक्षणको चर्चा गरिएकोछ ।

१ अत्याधिक तिर्खा लाग्नु : यदि कुनै पनि पुरुषलाई पानी पिउन अत्याधिक चाहाना हुन्छ भने त्यो राम्रो संकेत होइन । जतिबेला पनि पानी प्यास लाग्नु मधुमेहको सकेत हुन सक्छ । शरीरको आन्तरिक कुनै पनि अंगमा रक्तश्राव भएपनि यस्तो समस्या हुन सक्छ ।

२ रिंगटा लाग्नु : चक्कर आउनु अर्थात रिंगटा लाग्नु पनि अस्वस्थताको संकेत हो । चक्कर आउनुको अर्थ हो शरीरको मुख्य भाग मस्तिस्कमा सही ढंगले रक्तसञ्चार हुन सकेको छैन । यसले शरीरमा पानी कम भएको संकेत समेत दिन्छ । त्यति मात्र होइन चक्कर लाग्नुले गम्भिर ज्वरोको संकेत समेत गर्छ ।

३ थकान : जतिबेला पनि थकान महसुस हुन्छ भने यो पनि राम्रो संकेत होइन । तपाइँलाई काम नगरीकन पनि शारीरिक वा मानसिक थकान महसुस हुन्छ भने यसले भित्र अस्वस्थताको संकेत गर्छ । यसले क्यान्सर, मुटुको समस्या वा मधुमेह भएको संकेत समेत दिन्छ ।

४ शीघ्र पतन : यदि सम्भोग गर्दा शीघ्र पतन हुने वा नटिक्ने समस्या छ भने त्यस्ता पुरुषलाई पनि सुगर अर्थात मधुमेह भएको हुन सक्छ । कतिपय मुटुका विरामी वा किडनीमा समस्या हुनेलाई समेत शीघ्र पतनको समस्या हुन्छ ।

५ भुल्ने समस्या : साना साना कुरा भुल्ने समस्या बढी नै हुन थाल्यो भने यो पनि अस्वस्थताको संकेत हो । यो सामान्य समस्या होइन । यसले गम्भिर दिमागी विरामी हुने संकेत समेत दिन्छ ।

६ दृष्टिको समस्या : आँखाले कम देख्ने धमिलो देख्ने वा टाढाको चिज नदेख्ने समस्या हुन थाल्यो भने यसले पनि मोतियाबिन्दु, ग्लकोमा, मधुमेह, आंखाको समस्या वा माइग्रेनको संकेत गर्छ ।

७ श्वास प्रश्वासमा समस्या : यदि तपाइँलाई स्वाश प्रश्वासमा समेत समस्या छ भने पनि यसले गम्भिर स्वास्थ्य समस्याको संकेत गर्छ । श्वासप्रश्वासको समस्याले फोक्सको क्यान्सर, दम वा रक्तअल्पताको संकेत गर्छ ।

८ कपाल झर्ने : यदि तपाइँको कपाल निरन्तर झरिरहेको छ र रोक्न खोज्दा सम्भव भैरहेको छैन भने यो पनि गम्भिर रोगको संकेत हुन सक्छ ।

९ स्तन क्यान्सर :  स्तन क्यान्सर केवल महिलामा मात्र हुने समस्या होइन । संसारमा पुरुषहरुलाई पनि स्तन क्यान्सरको समस्या हुने गरेको छ । अहिले पनि संसारका १००० भन्दा बढी पुरुष यो रोगबाट ग्रस्त छन् । पुरुषहरुलाई अधिकाँश ६० देखि ७० वर्षको उमेरमा हुने यो रोगबारे पनि सचेत रहनु पर्छ ।

१० पिसावमा रगत : पिसावमा रगत देखिनु गम्भिर स्वास्थ्य समस्याको संकेत हो । यसले शरीरमा आन्तरिक रक्त श्राव भैरहेको संकेत गर्छ । यस्तो भएमा तत्काल डाक्टरलाई देखाउनु बुद्धीमानी हुन्छ ।

११ छिटो छिटो शौचालय जानु पर्ने : यदि तपाइालाई छिटो छिटो शौचालय जानु पर्छ भने यो पनि गम्भिर स्वास्थ्य समस्याको संकेत हो । यस्तो भएमा मधुमेहको लक्षण हुन सक्छ ।

१२ कब्जियत :  हुन त कब्जियत आम समस्या हो । तर कब्जियत बढी भयो भने ट्यूमरको खतरा हुन्छ । प्राकृतिकरुपमा मल विसर्जनमा समस्या हुन्छ भने समयमै उपचार गराउनुस् ।