१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुषलाई डरलाग्दा रोग लाग्नु अघि देखिने यस्ता लक्षण



अ+ अ-

काठमाडौं । पुरुष महिलाको तुलनामा स्वास्थ्यको विषयमा लापर्वाही हुन्छन् । उनीहरु स्वास्थ्यको ख्याल गर्दैनन् । सामन्य स्वास्थ्य समस्या हुँदा पुरुषहरुले वेवास्ता गरिरहन्छन् । तर अलि ढिलो भएपछि यस्ता रोगबाट बँच्न मुस्किल हुन थाल्छ ।

यहाँ पुरुषलाई गम्भिर रोग लाग्नु अघि देखिने १२ लक्षणको चर्चा गरिएकोछ ।

१ अत्याधिक तिर्खा लाग्नु : यदि कुनै पनि पुरुषलाई पानी पिउन अत्याधिक चाहाना हुन्छ भने त्यो राम्रो संकेत होइन । जतिबेला पनि पानी प्यास लाग्नु मधुमेहको सकेत हुन सक्छ । शरीरको आन्तरिक कुनै पनि अंगमा रक्तश्राव भएपनि यस्तो समस्या हुन सक्छ ।

२ रिंगटा लाग्नु : चक्कर आउनु अर्थात रिंगटा लाग्नु पनि अस्वस्थताको संकेत हो । चक्कर आउनुको अर्थ हो शरीरको मुख्य भाग मस्तिस्कमा सही ढंगले रक्तसञ्चार हुन सकेको छैन । यसले शरीरमा पानी कम भएको संकेत समेत दिन्छ । त्यति मात्र होइन चक्कर लाग्नुले गम्भिर ज्वरोको संकेत समेत गर्छ ।

३ थकान : जतिबेला पनि थकान महसुस हुन्छ भने यो पनि राम्रो संकेत होइन । तपाइँलाई काम नगरीकन पनि शारीरिक वा मानसिक थकान महसुस हुन्छ भने यसले भित्र अस्वस्थताको संकेत गर्छ । यसले क्यान्सर, मुटुको समस्या वा मधुमेह भएको संकेत समेत दिन्छ ।

४ शीघ्र पतन : यदि सम्भोग गर्दा शीघ्र पतन हुने वा नटिक्ने समस्या छ भने त्यस्ता पुरुषलाई पनि सुगर अर्थात मधुमेह भएको हुन सक्छ । कतिपय मुटुका विरामी वा किडनीमा समस्या हुनेलाई समेत शीघ्र पतनको समस्या हुन्छ ।

५ भुल्ने समस्या : साना साना कुरा भुल्ने समस्या बढी नै हुन थाल्यो भने यो पनि अस्वस्थताको संकेत हो । यो सामान्य समस्या होइन । यसले गम्भिर दिमागी विरामी हुने संकेत समेत दिन्छ ।

६ दृष्टिको समस्या : आँखाले कम देख्ने धमिलो देख्ने वा टाढाको चिज नदेख्ने समस्या हुन थाल्यो भने यसले पनि मोतियाबिन्दु, ग्लकोमा, मधुमेह, आंखाको समस्या वा माइग्रेनको संकेत गर्छ ।

७ श्वास प्रश्वासमा समस्या : यदि तपाइँलाई स्वाश प्रश्वासमा समेत समस्या छ भने पनि यसले गम्भिर स्वास्थ्य समस्याको संकेत गर्छ । श्वासप्रश्वासको समस्याले फोक्सको क्यान्सर, दम वा रक्तअल्पताको संकेत गर्छ ।

८ कपाल झर्ने : यदि तपाइँको कपाल निरन्तर झरिरहेको छ र रोक्न खोज्दा सम्भव भैरहेको छैन भने यो पनि गम्भिर रोगको संकेत हुन सक्छ ।

९ स्तन क्यान्सर :  स्तन क्यान्सर केवल महिलामा मात्र हुने समस्या होइन । संसारमा पुरुषहरुलाई पनि स्तन क्यान्सरको समस्या हुने गरेको छ । अहिले पनि संसारका १००० भन्दा बढी पुरुष यो रोगबाट ग्रस्त छन् । पुरुषहरुलाई अधिकाँश ६० देखि ७० वर्षको उमेरमा हुने यो रोगबारे पनि सचेत रहनु पर्छ ।

१० पिसावमा रगत : पिसावमा रगत देखिनु गम्भिर स्वास्थ्य समस्याको संकेत हो । यसले शरीरमा आन्तरिक रक्त श्राव भैरहेको संकेत गर्छ । यस्तो भएमा तत्काल डाक्टरलाई देखाउनु बुद्धीमानी हुन्छ ।

११ छिटो छिटो शौचालय जानु पर्ने : यदि तपाइालाई छिटो छिटो शौचालय जानु पर्छ भने यो पनि गम्भिर स्वास्थ्य समस्याको संकेत हो । यस्तो भएमा मधुमेहको लक्षण हुन सक्छ ।

१२ कब्जियत :  हुन त कब्जियत आम समस्या हो । तर कब्जियत बढी भयो भने ट्यूमरको खतरा हुन्छ । प्राकृतिकरुपमा मल विसर्जनमा समस्या हुन्छ भने समयमै उपचार गराउनुस् ।