२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

यस्तो भयो भने बुझ्नुस् क्यान्सर हुँदैछ

यस्तो भयो भने बुझ्नुस् क्यान्सर हुँदैछ
अ अ+ अ-

काठमाडौं । बेलायतको स्वास्थ्य विभागले एक चेतावनी जारी गर्दै क्यान्सरका लक्षणबारे जानकारी दिएको छ । तीन हप्ता भन्दा बढी छातीमा जलन भएमा तत्काल चिकित्सकलाई सम्पर्क गर्न विभागले सुझाव दिएको छ । पेटमा क्यान्सर हुन लाग्दा छातिमा जलन हुने चिकित्सकहरुको भनाइ छ ।

कस्ता लक्षणबाट थाहा हुन्छ ? : क्यान्सरका लक्षण बेलैमा थाहा पाउन सके क्यान्सरको उपचार पनि सहज हुन्छ । पब्लिक हेल्थ इंगल्याण्डका “बी क्लियर अन क्यान्सर” अभियानमा सहभागी भएका चिकित्सकहरुले यस्ता लक्षणबारे सूची नै सार्वजनिक गरेका छन् ।

यस्ता लक्षण के के हुन् ?
१ तीन हफ्ता सम्म अपच हुनु
२ खाना निल्न समस्या हुने
३ विनाकारण तौल घट्नु
४ डकार आइरहनु
५ कम खाँदा नै पेट भरिएको जस्तो हुनु
६ बान्त हुन खोजे जस्तो हुनु
७ पेटको माथिल्लो भागमा अहसज हुने वा दुख्ने

लापरवाही नगर्नुस् : अधिकाँश मानिसहरु यस्ता सामान्य लक्षणलाई ध्यान दिँदैनन् । पछि क्यान्सर भैसकेपछि भने पछुताउँछन् । मानिसहरुले पेटको क्यान्सरबाट बँच्न यस्ता सामान्य लक्षणमा समेत ध्यान दिनु पर्ने चिकित्सकहरुको सुझाव छ ।