१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो भयो भने बुझ्नुस् क्यान्सर हुँदैछ



अ+ अ-

काठमाडौं । बेलायतको स्वास्थ्य विभागले एक चेतावनी जारी गर्दै क्यान्सरका लक्षणबारे जानकारी दिएको छ । तीन हप्ता भन्दा बढी छातीमा जलन भएमा तत्काल चिकित्सकलाई सम्पर्क गर्न विभागले सुझाव दिएको छ । पेटमा क्यान्सर हुन लाग्दा छातिमा जलन हुने चिकित्सकहरुको भनाइ छ ।

कस्ता लक्षणबाट थाहा हुन्छ ? : क्यान्सरका लक्षण बेलैमा थाहा पाउन सके क्यान्सरको उपचार पनि सहज हुन्छ । पब्लिक हेल्थ इंगल्याण्डका “बी क्लियर अन क्यान्सर” अभियानमा सहभागी भएका चिकित्सकहरुले यस्ता लक्षणबारे सूची नै सार्वजनिक गरेका छन् ।

यस्ता लक्षण के के हुन् ?
१ तीन हफ्ता सम्म अपच हुनु
२ खाना निल्न समस्या हुने
३ विनाकारण तौल घट्नु
४ डकार आइरहनु
५ कम खाँदा नै पेट भरिएको जस्तो हुनु
६ बान्त हुन खोजे जस्तो हुनु
७ पेटको माथिल्लो भागमा अहसज हुने वा दुख्ने

लापरवाही नगर्नुस् : अधिकाँश मानिसहरु यस्ता सामान्य लक्षणलाई ध्यान दिँदैनन् । पछि क्यान्सर भैसकेपछि भने पछुताउँछन् । मानिसहरुले पेटको क्यान्सरबाट बँच्न यस्ता सामान्य लक्षणमा समेत ध्यान दिनु पर्ने चिकित्सकहरुको सुझाव छ ।