५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

नागरिकताको समस्या छिट्टै सामधान हुन्छ: मन्त्री खाँण

नागरिकताको समस्या छिट्टै सामधान हुन्छ: मन्त्री खाँण
अ+ अ-

कलैया । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै सामधान हुने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले आज यहाँ आयोजना गरेको आमसभामा उहाँले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नेपालमा जन्मेर हुर्किएकालाई नागरिकताबाट वञ्चित नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कानुनको अभावका कारण नागरिकता वितरणमा केही समस्या रहेको र त्यो समस्या अब छिट्टै सामधान हुने उहाँको दाबी थियो । नागरिकतासम्बन्धी कानुन निर्माणको प्रस्ताव सदनमा रहेको भन्दै उहाँले राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेको जानकारी दिनुभयो । नागरिकता ऐन बनिसकेपछि पालिकास्तरमै टोली खटाएर नागरिकता वितरण गर्ने सरकारको सोच रहेको उहाँले प्रष्ट पार्नुभयो । मन्त्री खाँणले मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी भएको बताउनुभयो ।

उहाँले मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेका बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो । मन्त्री खाँडले भन्नुभयो, “भूमिको सुरक्षा मधेसकै दाजुभाइ दिदीबहिनीले गरिरहेको तथ्यलाई कसैले विर्सिन हुँदैन ।”

त्यस अवसरमा सिम्रौनगढ नगरपालिकका उपप्रमुख रिमादेवी कुसवाहा, तत्कालीन तमलोपाका पूर्वकेन्द्रीय सदस्य मोहनमहतो कोइरी, पूर्वक्षेत्रीय अध्यक्ष ओमप्रकाश ठाकुर, बारागढी गाँउपालिका–६ मा तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट निर्वाचन वडाध्यक्ष निरज साहसहित विभिन्न पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

मन्त्री खाँणले आजै ऐतिहासिक पोखरी झरौखरमा स्वर्गीय भागवतप्रसाद यादवको प्रतिमा अनावरण गर्नुभयो । कांग्रेसको सिद्धान्त राष्ट्रवादको जगमा उभिएको भन्दै मन्त्री खाँणले सबै भूगोल, जात धर्मका नेपालीलाई एकताको सुत्रमा बाँधेर नेपाललाई सबल र बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । मधेस प्रदेशलाई नेपालकै अब्बल प्रदेश बनाउन कांग्रेसले अग्रसरता लिने उहाँले बताउनुभयो ।

कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति विजयशङ्कर यादवको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा कांग्रेसका सहमहमन्त्री फरमुल्लह मञ्सुर, सहमहमन्त्री उमाकान्त चौधरी, अर्का सहमहमन्त्री महेन्द्र यादव, मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, उपसभापति चन्द्रशेखर यादवलगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।