२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकताको समस्या छिट्टै सामधान हुन्छ: मन्त्री खाँण



अ+ अ-

कलैया । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै सामधान हुने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले आज यहाँ आयोजना गरेको आमसभामा उहाँले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नेपालमा जन्मेर हुर्किएकालाई नागरिकताबाट वञ्चित नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कानुनको अभावका कारण नागरिकता वितरणमा केही समस्या रहेको र त्यो समस्या अब छिट्टै सामधान हुने उहाँको दाबी थियो । नागरिकतासम्बन्धी कानुन निर्माणको प्रस्ताव सदनमा रहेको भन्दै उहाँले राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेको जानकारी दिनुभयो । नागरिकता ऐन बनिसकेपछि पालिकास्तरमै टोली खटाएर नागरिकता वितरण गर्ने सरकारको सोच रहेको उहाँले प्रष्ट पार्नुभयो । मन्त्री खाँणले मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी भएको बताउनुभयो ।

उहाँले मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेका बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो । मन्त्री खाँडले भन्नुभयो, “भूमिको सुरक्षा मधेसकै दाजुभाइ दिदीबहिनीले गरिरहेको तथ्यलाई कसैले विर्सिन हुँदैन ।”

त्यस अवसरमा सिम्रौनगढ नगरपालिकका उपप्रमुख रिमादेवी कुसवाहा, तत्कालीन तमलोपाका पूर्वकेन्द्रीय सदस्य मोहनमहतो कोइरी, पूर्वक्षेत्रीय अध्यक्ष ओमप्रकाश ठाकुर, बारागढी गाँउपालिका–६ मा तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट निर्वाचन वडाध्यक्ष निरज साहसहित विभिन्न पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

मन्त्री खाँणले आजै ऐतिहासिक पोखरी झरौखरमा स्वर्गीय भागवतप्रसाद यादवको प्रतिमा अनावरण गर्नुभयो । कांग्रेसको सिद्धान्त राष्ट्रवादको जगमा उभिएको भन्दै मन्त्री खाँणले सबै भूगोल, जात धर्मका नेपालीलाई एकताको सुत्रमा बाँधेर नेपाललाई सबल र बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । मधेस प्रदेशलाई नेपालकै अब्बल प्रदेश बनाउन कांग्रेसले अग्रसरता लिने उहाँले बताउनुभयो ।

कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति विजयशङ्कर यादवको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा कांग्रेसका सहमहमन्त्री फरमुल्लह मञ्सुर, सहमहमन्त्री उमाकान्त चौधरी, अर्का सहमहमन्त्री महेन्द्र यादव, मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, उपसभापति चन्द्रशेखर यादवलगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।