• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने ★   बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु ★   नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रन जोडेर आउट ★   अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

टी–२० क्रिकेट: पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित श्रृङ्खलामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले चारवटै खेलमा जित निकाल्दै आठ अङ्क जोडेको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने तेस्रो खेलमा पपुवा न्युगिनीलाई ३७ रनले तथा चौथो खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको थियो ।

यस्तै पपुवा न्युगिनी र मलेसिया दुवैले चार खेलमध्ये एकमा जित तथा तीनमा हार ब्येहोरेका थिए । पपुवा न्युगिनी रनरेटमा मलेसियालाई उछिन्दै श्रङ्खलाको फाइनलमा प्रवेश गरेको हो ।

नेपाल पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय श्रङ्खलाको बदला लिन चाहन्छ । यसअघि पपुवा न्युगिनीले कीर्तिपुर मैदानमै सम्पन्न दुई खेलको एकदिवसीय श्रङ्खला २–० ले जितेको थियो । नेपालले पहिलो एकदिवसीय खेल ६ रनले तथा दोस्रो एकदिवसीय खेल तीन विकेटले गुमाएको थियो ।

आइतबार ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेल दबावविना खेल्ने बताएका थिए । उनको कप्तानीमा नेपाल पहिलो पटक श्रृङ्खलाको फाइनलमा पुगेको हो । चारवटै खेलमा जित निकालेका कारण आफ्नो टोलीको मनोबल उच्च रहेको लामिछानेले बताए ।

यस्तै पपुवा न्युगिनीका कप्तान असद भालाले नेपालविरुद्धको फाइनल खेलमा आफ्नो टोली दबाबमा रहने बताए । एकदिवसीय खेलमा टोली अभ्यस्त रहे पनि टी–२० खेलका लागि भने त्यति धेरै अभ्यास गर्न नपाएको उनको भनाइ थियो । टी–२० मा नेपाल र पपुवा न्युगिनीबीच हालसम्म तीन खेलमा प्रतिस्पर्धा भएको छ । नेपाल दुई तथा पपुवा न्युगिनी एउटा खेलमा विजयी भएको थियो ।रासस