१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नलाऊ माया दुइतिर भन्नेहरु तीन तीर पुगे …



अ+ अ-

काठमाडौं । कुनै समय एउटै पार्टीमा रहेर एउटै गितमा कम्मर मर्कादै र ताली पिटेका डा बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापा बीच आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्टकक्षमा जम्का भेट भयो ।

आ आफना पार्टीको कार्यक्रममा बिभिन्न जिल्ला जान लागेका भट्टराई हाल जनता समाजबादी पार्टीमा पुग्नु भएको छ भने पुन माओवादी केन्द्रका नै हुनुुहुन्छ भने थापा राप्रपामा पुग्नु भएको छ ।

तीन जनाको भेटपछि जसपाका नेता भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभयो – एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग जम्काभेट ! ‘नलाऊ माया दुइतिर।।’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो !

माधब नेपालको सरकार रहेका बेला सडक बाट फाल्ने भन्दै माओवादीले गरेको आन्दोलनको बेला भद्रकालीमा नायीका थापा संग माओवदी अध्यक्ष पुष्पकमल दाहालले नलाऊ माया दुइतिर भन्ने गितमा नाच्नु भएको थियो ।