१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

ओलीको आरोप – ‘केही गर्न नसक्नेहरुले विकास निर्माणको काम गर्दा पनि विरोध गर्छन्’

ओलीको आरोप – ‘केही गर्न नसक्नेहरुले विकास निर्माणको काम गर्दा पनि विरोध गर्छन्’
file photo
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरुले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले काँग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै भ्यूटावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताउनु भएको हो । आईतबार काठमाडौंमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै उहाँले हामीले बनाएका भ्यूटावरहरु हाम्रा सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दावी गर्दै विकासको त्यो मोडेललाई नबुझ्नेहरुले त्यसो नगर्ने प्रतिज्ञा गर्न आग्रह गरेको बताउनु भयो । केहीलाई धराहरा बनाएको भतभती पोलेपनि आफूहरुलाई भने गर्वको महसुश हुने गरेको उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले धरहरा एउटा भ्यू टावर भएको र त्यो राष्ट्रको पहिचान, गौरव र इतिहास भएको स्मरण गराउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले एकखालको भ्यू टावर विरोधीहरुले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो टव्ीन टावर बनाएका थिए । त्यो बनाएका बेला महाथिर पागल होकि क्या हो ? यो गरिव देशका ेसारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बनायो भन्ने ठूलो आलोचना थियो । त्यो भ्यू टावर अहिले मलेसियाको भ्यूटावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरु हुन । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अनावश्यक भनेका थिए, कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घटनाबाट खत्तम भयो । त्यो अमेरिकाको मात्रै होईन् विश्व बजार केन्द्र थियो । मलेसियाका त्यस्तै । हामीले बनाएका भ्यू टावरहरु सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरु हुन । हाम्रा पर्यटनका स्थलहरु हुन । हाम्रो आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने कुराहरु हुन । तर केही मान्छे बुझ्दैनन् र के भन्छन भने–अव उनीहरुको पार्टीको नाम लिएर हाम्रो पार्टीले अव यो भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ । प्रतिज्ञा गर्नु पर्नेछ भन्दै हिँडछन ।

उहाँहरुको पार्टीले विकास निर्माण नगर्ने कुरामा त धर्म भाकेकै छ नि त । प्रतिज्ञा गरेकै छ त–विकास, निर्माण नगर्ने । नेपालको सबभन्दा चर्चित भ्यूटावर धरहरा हो । कतिको मत भतभत पोलेको छ–धरहरा बनेकोमा । अनि के त्यहाँ भात खान पाईन्छ ? त्यहाँ गहुँ फल्छ, धराहरामा । अनि के त्यहाँ कपडा बुनिन्छ ? त्यो भ्यू टावरनै हो । तर, त्यो राष्ट्रको पहिचान हो । राष्ट्रको गौरव हो । हाम्रो इतिहास हो । धेरै कुरा त्यसभित्र लुकेका छन र त्यो एउटा गन्तव्य हो । धरहरा हेर्दा हामीलाई एउटा गर्वको महशुस हुन्छ । त्यो हिजो उर्दी सुनाउनका लागि अग्ला ठाउँबाट उर्दी सुनाउनका लागि बनाइएको थियो होला । अव उर्दी सुनाउनका लागि होइन । त्यहाँ गएर आफ्ना गौरव सम्झनका लागि बनाइएको हो । र त्यहाँ जान्छौं । कतिलाई पीर प¥या छ । रानी पोखरीले के दिन्छ, के उत्पादन दिन्छ त्यहाँ ? किन लगानी गरेको भन्छन ? रानी पोखरी पुनर्निर्माण भो । के दिन्छ त्यहाँ भन्छन । दरबार हाईस्कुल किन बनाएको भन्ने पनि कतिपयलाई प¥योहोला ।

मलाई अचम्म लागि राखेको छ यिनीहरु संगीत सुन्छन कि सुन्दैन । यसबाट चिया पनि आउँदैन् खाजा पनि आउँदैन । सुन्छन कि सुन्दैनन् संगीत ? यिनीहरुले नाटक हेर्छन कि हेर्दैनन ? यिनीहरुलाई चित्र बनाउन मन लाग्छ कि लाग्दैन ? बनाएको हेर्न मन लाग्छ कि लाग्दैन ? बाद्यबादन बजाउन मन लाग्छ कि लाग्दैन ? नृत्य हेर्न मन लाग्छ कि लाग्दैन ? नृत्य गर्न मन लाग्छ कि लाग्दैन ? आम्दानी हुने ठाउँमा मात्रै लगानी हुने भएपछि त नाँचेर समय खेर जाने भयो । सिक्दाखेरी पसिना आउने भयो ।’

अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटकपटक दोहो¥याउनु भयो । उहाँले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका ८ लाख ५५ हजार बढि संगठित सदस्यहरुले सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताउनु भयो ।

कार्यक्रममा ओलीले सो केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवम् उद्योगी मोति दुगडलाई तोकिएको पनि घोषणा गर्नु भयो ।