• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   ‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण ★   जस्टिन बिबर पहिलो पटक बुवा बन्दै ★   नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण ★   के सुनिल नारायणले रक्सी पिएर विस्फोटक ब्याटिङ गर्छन् ? ★   संसदीय छानबिन समिति बटमलाइन: कांग्रेस ★   जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ: प्रधानमन्त्री ★   टी–२० विश्वकपको टोलीमा नपरेपछि न्युजिल्याण्डका शक्तिशाली ब्याट्सम्यानले लिए सन्यास ★   कोहलीले गरे जवाफी हमला, रिले रुसोलाई दिए बन्दुक ताकेर जवाफ ★   गत साउनदेखि चैत मसान्तसम्म २२४ वटा निर्माण कम्पनी कालोसूचिमा ★   प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु

ओलीको आरोप – ‘केही गर्न नसक्नेहरुले विकास निर्माणको काम गर्दा पनि विरोध गर्छन्’



file photo

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरुले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले काँग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै भ्यूटावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताउनु भएको हो । आईतबार काठमाडौंमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै उहाँले हामीले बनाएका भ्यूटावरहरु हाम्रा सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दावी गर्दै विकासको त्यो मोडेललाई नबुझ्नेहरुले त्यसो नगर्ने प्रतिज्ञा गर्न आग्रह गरेको बताउनु भयो । केहीलाई धराहरा बनाएको भतभती पोलेपनि आफूहरुलाई भने गर्वको महसुश हुने गरेको उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले धरहरा एउटा भ्यू टावर भएको र त्यो राष्ट्रको पहिचान, गौरव र इतिहास भएको स्मरण गराउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले एकखालको भ्यू टावर विरोधीहरुले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो टव्ीन टावर बनाएका थिए । त्यो बनाएका बेला महाथिर पागल होकि क्या हो ? यो गरिव देशका ेसारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बनायो भन्ने ठूलो आलोचना थियो । त्यो भ्यू टावर अहिले मलेसियाको भ्यूटावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरु हुन । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अनावश्यक भनेका थिए, कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घटनाबाट खत्तम भयो । त्यो अमेरिकाको मात्रै होईन् विश्व बजार केन्द्र थियो । मलेसियाका त्यस्तै । हामीले बनाएका भ्यू टावरहरु सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरु हुन । हाम्रा पर्यटनका स्थलहरु हुन । हाम्रो आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने कुराहरु हुन । तर केही मान्छे बुझ्दैनन् र के भन्छन भने–अव उनीहरुको पार्टीको नाम लिएर हाम्रो पार्टीले अव यो भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ । प्रतिज्ञा गर्नु पर्नेछ भन्दै हिँडछन ।

उहाँहरुको पार्टीले विकास निर्माण नगर्ने कुरामा त धर्म भाकेकै छ नि त । प्रतिज्ञा गरेकै छ त–विकास, निर्माण नगर्ने । नेपालको सबभन्दा चर्चित भ्यूटावर धरहरा हो । कतिको मत भतभत पोलेको छ–धरहरा बनेकोमा । अनि के त्यहाँ भात खान पाईन्छ ? त्यहाँ गहुँ फल्छ, धराहरामा । अनि के त्यहाँ कपडा बुनिन्छ ? त्यो भ्यू टावरनै हो । तर, त्यो राष्ट्रको पहिचान हो । राष्ट्रको गौरव हो । हाम्रो इतिहास हो । धेरै कुरा त्यसभित्र लुकेका छन र त्यो एउटा गन्तव्य हो । धरहरा हेर्दा हामीलाई एउटा गर्वको महशुस हुन्छ । त्यो हिजो उर्दी सुनाउनका लागि अग्ला ठाउँबाट उर्दी सुनाउनका लागि बनाइएको थियो होला । अव उर्दी सुनाउनका लागि होइन । त्यहाँ गएर आफ्ना गौरव सम्झनका लागि बनाइएको हो । र त्यहाँ जान्छौं । कतिलाई पीर प¥या छ । रानी पोखरीले के दिन्छ, के उत्पादन दिन्छ त्यहाँ ? किन लगानी गरेको भन्छन ? रानी पोखरी पुनर्निर्माण भो । के दिन्छ त्यहाँ भन्छन । दरबार हाईस्कुल किन बनाएको भन्ने पनि कतिपयलाई प¥योहोला ।

मलाई अचम्म लागि राखेको छ यिनीहरु संगीत सुन्छन कि सुन्दैन । यसबाट चिया पनि आउँदैन् खाजा पनि आउँदैन । सुन्छन कि सुन्दैनन् संगीत ? यिनीहरुले नाटक हेर्छन कि हेर्दैनन ? यिनीहरुलाई चित्र बनाउन मन लाग्छ कि लाग्दैन ? बनाएको हेर्न मन लाग्छ कि लाग्दैन ? बाद्यबादन बजाउन मन लाग्छ कि लाग्दैन ? नृत्य हेर्न मन लाग्छ कि लाग्दैन ? नृत्य गर्न मन लाग्छ कि लाग्दैन ? आम्दानी हुने ठाउँमा मात्रै लगानी हुने भएपछि त नाँचेर समय खेर जाने भयो । सिक्दाखेरी पसिना आउने भयो ।’

अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटकपटक दोहो¥याउनु भयो । उहाँले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका ८ लाख ५५ हजार बढि संगठित सदस्यहरुले सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताउनु भयो ।

कार्यक्रममा ओलीले सो केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवम् उद्योगी मोति दुगडलाई तोकिएको पनि घोषणा गर्नु भयो ।