५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

पर्याप्त पानी उपलब्ध हुँदा बिजुली उत्पादन बढ्यो

पर्याप्त पानी उपलब्ध हुँदा बिजुली उत्पादन बढ्यो
अ+ अ-

काठमाडौँ । हिउँ पग्लेसँगै नदीमा जलसतह बढेपछि ऊर्जा उत्पादनमा सकारात्मक प्रभाव परेको छ । मस्र्याङदी करिडोर, त्रिशूली करिडोरका आयोजना र माथिल्लो तामाकोसीमा समेत जलसतह बढेको छ ।

जलसतह बढ्दा बिजुलीको उत्पादनसमेत तुलनात्मकरूपमा बढेको छ । नेपाल विद्युत् प्राधिकरणका आफ्ना विद्युत् उत्पादन गृहहरूले हिउँदको समयमा पनि बढी बिजुली उत्पादन गरेका छन् । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नदीमा जलसतह बढ्न गई प्राधिकरणका आफ्ना विद्युत् गृहका उत्पादन अपेक्षितरूपमा बढेको छ । उहाँले १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ले यतिबेला ११८ मेगावाटसम्म बिजुली नियमितरूपमा उत्पादन गरिरहेको जानकारी दिनुभयो । यतिबेला सो आयोजनाले मात्रै ६५ मेगावाट बराबरमात्रै बिजुली उतपादन गर्दथ्यो । दिनभरि पानी थुनेर राख्दा सो आयोजनाबाट पूर्ण क्षमतामा नै बिजुली उत्पादन हुने अवस्था आएको छ ।

यस्तै ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दीले पनि ६२ मेगावाट बराबर बिजुली उतपादन गरिरहेको छ । त्यस्तै ६९ मेगावाट क्षमताको तल्लो मस्र्याङ्दीले पनि विगतका वर्षहरूको तुलनामा बढी बिजुली उत्पादन गरिरहेको छ ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीले पनि नियमितरूपमा १५२ मेगावाट बराबर बिजुली उतपादन गरिरहेको छ । यस वर्ष हिमाल तथा हिमरेखामा बढी हिउँ परेको तथा गर्मी पनि छिट्टै सुरु भएकाले नदीमा जलसतह बढ्न गएको छ ।

“सामान्यता जेठको पहिलो सातामा देखिने यस्तो अवस्था अहिले चैतको तेस्रो सातामा नै देखिएको छ । यो अल्पकालीन पनि हुनसक्छ । जे भए पनि नदीमा जलसतह बढ्न जाँदा त्यसले सकारात्मक प्रभाव परेको छ”, भारप्रेषण केन्द्रका प्रमुखसमेत रहनुभएका भट्टराईले भन्नुभयो ।

यस्तै त्रिशूली नदी करिडोरमा रहेको २२ मेगावाटको चिलिमे र ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ले पनि अपेक्षाभन्दा बिजुली उत्पादन गरिरहेको छ । साँझको समयमा भारतबाट बिजुली आयात गर्न कठिनाइ भएका कारणले प्राधिकरणले औद्योगिक करिडोरमा पूर्ण क्षमतामा बिजुली प्रवाह गर्न सकेको छैन ।

रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको आपूर्तिमा समस्या देखिएपछि त्यसको प्रभाव नेपालको ऊर्जा क्षेत्रमा समेत परेको थियो ।

प्राधिकरणले दैनकि ९६ वटा स्लटमा प्रतियुनिट २० भारु तिर्ने गरी बोलपत्र प्रक्रियामा सहभागी हुँदासमेत बिजुली पाउन सकेको थिएन । प्राधिकरणका अनुसार हाल दैनिक माग एक हजार ५९५ मेगावाट बराबर छ । गर्मी बढ्दै जाँदा बिजुलीको मागसमेत नियमितरूपमा वृद्धि भएको छ ।

प्राधिकरणका आयोजनाबाट कूल नौ हजार ७९८ मेगावाट घण्टा, सहायक कम्पनीबाट चार हजार ९५८ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट सात हजार ४६२ मेगावाट घण्टा बिजुली उपलब्ध छ । यस्तै एक हजार ८४० मेगावाट घण्टा बराबरको बिजुली भने अवरोधको अवस्थामा छ । कूल माग ३१ हजार ६५१ मेगावाट घण्टा बराबर छ ।

आन्तरिकरूपमा प्रणालीमा एक हजार ३०० मेगावाट बराबरको बिजुली उपलब्ध भए पनि प्रणालीमा ३०० देखि ३५० मेगावाट बराबरको बिजुली अपुग भइरहेको छ । प्राधिकरणले हाल नियमितरूपमा कुलेखानी जलाशयसमेत चलाइरहेको छ । सो आयोजनाबाट नियमितरूपमा तीनवटा प्लान्टबाट १०६ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

प्रतियुनिट १२ भारुभन्दा बढी लिन नपाइने

बजारमा बिजुलीको मूल्यमा अत्यधिक मूल्यवृद्धि भएपछि भारतीय विद्युत् नियमन आयोगले प्रतियुनिट १२ भारुभन्दा बढी लिन नपाउने गरी हस्तक्षेप गरेको छ । इण्डियन इनर्जी एक्सचेञ्जमा प्रतियुनिट २० भारु बराबर पुग्दासमेत सहजरूपमा बिजुली उपलब्ध हुनसकेको थिएन । अत्यधिक मूल्यवृद्धि भएपछि भारतीय विद्युत् नियमन आयोगले १२ भारुभन्दा बढी लिन नपाउने गरी हस्तक्षेप गरेको प्राधिकरणका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

आयोगले शुक्रबारदेखि नै लागू हुने गरी सो व्यवस्था गरेको हो । त्यसबाट नेपाललाई पनि हल्का राहत भएको छ । “बजारमा सामान पाए न सीमा निर्धारण गरेको अर्थ रहन्छ । सामान नै नपाउने अवस्था भएपछि सीमा लगाउनु र नलगाउनुको के अर्थ रहन्छ र ?”, प्रवक्ता भट्टराईले भन्नुभयो । भारतको नियमन आयोगले बजारमा हस्तक्षेप गरेर सीमाभन्दा माथि गएर बिजुली बिक्री नगर्नसमेत भनेको छ ।