२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने: प्रवक्ता कार्की



अ+ अ-

काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाको आजदेखि हुने तीन दिन भारत भ्रमण मुलुकको हितमा केन्द्रीत रहने जनाउनु भएको हो ।

पत्रकार सम्मेलनमा मन्त्री कार्कीले बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु बारे जानकारी गराउनु भएको थियो । जस अनुसार अरुण जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छर्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय सरकाले गरेको छ । यसै गरी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

बैठकले उत्पादनमुलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।