२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचन : सत्ता साझेदार दलका बीचमा सहमति हुने



अ+ अ-

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताउनुभयो ।

उहाँले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउनका लागि जग्गा अतिक्रमणका लागि मात्र रु १६ अर्ब विनियोजन भएको जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा मन्त्री आलेले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचलय, टर्मिनल भवन र लगेज बेल्टको लागि बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको जानकारी दिनुभयो ।