५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

प्रधानसेनापति ट्रफी २०७८ शुरु

प्रधानसेनापति ट्रफी २०७८ शुरु
अ+ अ-

काठमाडौं । नेपाली सेनाका चार वटै कमाण्ड, पाँच वटा बाहिनी र विशेष फौज बाहिनी सहभागी रहेको ‘प्रधानसेनापति ट्रफी–२०७८’ आजदेखि शुरु भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, दौड, सुटिङ र आर्चरी विधा समेटिएको छ ।

सेनाले सङ्गठनभित्र उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विसं २०६५ सालदेखि यो प्रतियोगिता आयोजना गरेको हो । यसअघि उक्त प्रतियोगिता भदौमा सञ्चालन हुने गरेकामा कोरोना सङ्क्रमण जोखिमका कारण सारिएको हो ।

मुलुकभित्रका हरेक प्रतियोगितामा बर्चश्व कायम गर्दै आएका सैनिक खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई अब्बल सावित गर्दै आएका छन् ।

तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा १०३ पदक दिलाउनका साथै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको च्याम्पियन घोषित भएको थियो ।

प्रतियोगिता उद्घाटनका अवसरमा नेपाली सेनाको तालिम महानिर्देशक सीताराम खड्काले सेनाका सकल दर्जालाई शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित, साहसिक र पेशेवर नेतृत्वदायी भूमिका निर्वाह गर्ने फौज तयार गर्न खेलकुद एक अभिन्न अङगका रूपमा रहिआएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “खेलकुदले सैनिकको आत्मभरोसा वृद्धि गर्ने मात्र नभई टिम भावना कायम राख्नसमेत मद्दत गर्छ ।” उद्घाटन खेलका रूपमा भएको ४०० मिटर महिला दौडमा निर्मला थापा प्रथम, सरस्वती कठायत द्वितीय तथा भगवती थापा तृतीय हुनुभयो ।

पुरुषतर्फको ८०० मिटर दौडमा सुनिलकुमार सुनार प्रथम, बुद्धराम तामाङ द्वितीय तथा सुदीप शाह तृतीय हुनुभयो । प्रतियोगिताका विजयीलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

समारोहमा सेनाका कमाण्डबाट स्थानीय वेशभूषा झल्कने झाँकीका साथै सरायोसहित क्षेत्रगतरुपमा प्रसिद्ध नृत्य प्रस्तुत गरिएको थियो ।