• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

राष्ट्रपतिद्वारा सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

मंगलबार राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा श्रेष्ठलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । समितिबाट अनुमोदन भएसँगै श्रेष्ठलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।