२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा साधारणसभा सुरु, ४ एजेन्डामा साधारणसभा केन्द्रित हुने



अ+ अ-

काठमाडौं । निर्वाचन केन्द्रित एजेण्डाहरु रहँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सुरु भएको छ ।

साधारणसभामा मुख्य एजेन्डाको रुपमा जेठ १५ हुने चुनावका लागि निर्वाचन समिति गठन सम्बन्धि रहेको छ । सँगै निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धि छलफल हुनेछ । त्यस्तै जेठ १५ हुने चुनावका लागि संघको वार्षिक कार्यक्रम तथा बजेट एवम् आर्थिक वर्ष २०७७÷७८ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने सम्बन्ध र निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क सम्बन्धमा छलफल हुनेछ ।

एन्फा कार्यसमितिले सहमतिमा श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाउने प्रस्ताव गर्ने भएको छ । समितिको सहसंयोजकमा रामचन्द्र गौतम तथा दामोदर भट्टराईको नाम प्रस्ताव हुनेछ । यसैगरी प्रस्तावित निर्वाचन समितिको वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रतिमा कार्की रहनेछन ।

त्यस्तै विशेष साधारणसभामा एन्फा कार्यसमितिको तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवारको मनोनयन शुल्क प्रस्ताव गरिनेछ । लामो समयपछि हुन लागेको साधारणसभामा भाग लिनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । फागुन ८ गतेलाई पहिलो पटक विशेष साधारणसभा बोलाइँदा तीन एजेन्डा तय गरिएको थियो । तर दुई पटक स्थगित भएपछि चैत सातमा आजका लागि साधारणसभाको सूचना जारी गर्दा एन्फा सचिवालयले एक एजेन्डा थप गरेको थियो ।

एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुई पटक स्थगित भएको थियो । एन्फाले फागुन ८ का लागि विशेष साधारण सभा तय गरेको थियो ।