• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

आईपीएल पाँचौं खेलः राजस्थान र हैदरावादबीच भिडन्त



एजेन्सी । १५ औं संस्करणको आईपीएल २०२२ अन्तर्गत पाँचौं खेल आज (मंगलबार) सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा हुँदैछ ।

खेल साँझ ७ः४५ बजे सुरु हुनेछ र त्यसको आधा घण्टा अगाडि बेलुका ७ः१५ बजे टस हुनेछ । दुवै टोलीले यसअघि आइपिएलको उपाधि जितिसकेका छन् र १५औँ सिजन जितसँगै सुरु गर्न चाहन्छन् ।

यस वर्षको लिलामीमा हैदरावाद र राजस्थान दुबैले केही उत्कृष्ट खेलाडीहरु खरिद गरेका छन् । तर, कप्तानमा दुई टोलीबीच ठूलो अन्तर छ । राजस्थान टोलीको कमाण्ड युवा सञ्जु सामसनको हातमा छ, जसले आफूलाई प्रमाणित गर्न बाँकी छ । त्यस्तै, हैदरावादको कमाण्ड अनुभवी केन विलियम्सनको हातमा छ । विलियम्सनको नेतृत्वमा गत वर्ष न्युजिल्यान्ड टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । यस्तो अवस्थामा उनीबाट फ्रेन्चाइजलाई धेरै आशा छ ।

तथ्याङ्कको कुरा गर्ने हो भने दुई टोलीबीच कडा प्रतिस्पर्धा छ । हैदरावाद र राजस्थानबीच कूल १५ खेल भएका छन् । जसमध्ये एसआरएचले आठ र आरआरले सात खेल जितेको छ । पुणेको एमसीए स्टेडियममा दुवै टोलीको कीर्तिमानको कुरा गर्दा, हैदरावादले यहाँ तीन खेल खेलेको छ जसमध्ये एकमा जित र दुई खेलमा हार बेहोरेको छ । अर्कोतर्फ राजस्थानले जम्मा पाँच खेल यहाँ खेलेको छ । जसमध्ये दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ ।

राजस्थानले मेगा लिलामीमा धेरै उत्कृष्ट खेलाडीहरू किनेको छ र धेरै राम्रो टोली उत्पादन गरेको छ । यशस्वी जैसवालदेखि जोस बटलर र सञ्जु सैमसन जस्ता खेलाडी टोलीको शीर्ष क्रमको हिस्सा हुन् । अर्कोतर्फ, सिमरोन हेटमायर र निशाम अन्तिम ओभरमा धेरै रन बनाउन माहिर छन् ।

टोलीमा दुई उत्कृष्ट स्पिनर रविचन्द्रन अश्विन र युजवेन्द्र चहल छन् । अर्कोतर्फ, ट्रेन्ट बोल्ट, प्रशान्त कृष्ण र नवदीप सैनीले फास्ट बलिङको जिम्मा लिनेछन् । यी सबै खेलाडीहरू रहेकाले राजस्थान बलियो छ । तर, टिममा राम्रो अलराउन्डर र फिनिशरको भने अभाव छ । जिमी निशाम बाहेक राजस्थानसँग राम्रो अलराउन्डर छैनन् ।

अर्कोतर्फ, सनराइजर्स हैदरावादको कुरा गर्दा टोलीमा धेरै विविधता छ । टोलीमा उपस्थित धेरै ब्याट्सम्यानले जुनसुकै स्थानमा ब्याटिङ र पार्ट टाइम बलिङ गर्न सक्छन् । त्यस्तै टोलीमा रहेका बलरले पनि ब्याटिङ गर्न सक्छन् । कप्तान विलियम्सनका अलावा निकोलस पूरन र अब्दुल समद मध्यक्रममा खेल्नेछन् । हैदरावादसँग बलिङमा राम्रो विकल्प छ ।

टिममा दुई उत्कृष्ट अलराउन्डर वाशिंगटन सुन्दर र रोमारियो शेफर्ड छन् । भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले फास्ट बलिङको नेतृत्व गर्नेछन् । यस बाहेक कार्तिक त्यागी, टी नटराजन, मार्को येन्सन, शान एबोट, उमरान मलिक, फजलहक फारुकी जस्ता धेरै फास्ट बलर छन् । यस्तो अवस्थामा हरेक पटक जस्तै यसपटक पनि हैदरावादको बलियो पक्ष भनेकै बलिङ हो ।

हैदरावादका लागि केन विलियम्सन र अभिषेक शर्माले ओपनिङ गर्नेछन् । त्यसपछि राहुल त्रिपाठी र पूरनलाई ब्याटिङमा उतारिनेछ । पूरन र एडेन मार्करामको ब्याटिङ पोजिसन तय गर्नु हैदरावाद व्यवस्थापनका लागि ठूलो चुनौती हुनेछ । यद्यपि, हैदरावादसँग गुणस्तरीय स्पिनर छैनन् । सुन्दरका अलावा श्रेयस गोपाल र अभिषेक शर्मा स्पिनरको रुपमा रहनेछन् ।

राजस्थानको सम्भावित ११
जोस बटलर (विकेटकीपर), देवदत्त पडिक्कल, यशस्वी जैसवाल, सञ्जु सैमसन (कप्तान), शिमरोन हेटमायर, रियान पराग, जेम्स नीशम/नाथन कुल्टर-नाइल, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल र प्रणभव कृष्ण।

हैदरावादका सम्भावित ११
एडेन मार्कराम, अभिषेक शर्मा, केन विलियमसन (कप्तान), राहुल त्रिपाठी, निकोलस पूरन (विकेटकीपर), अब्दुल समद, वाशिंगटन सुन्दर, रोमारियो शेफर्ड, उमरान मलिक, भुवनेश्वर कुमार र टी नटराजन।