• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

६ एसपीको सरुवा, कसलाई कहाँ पठाइयो ?



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा गरेको छ ।

जसअनुसार बागमती प्रदेश कार्यालयमा रहेका एसपी रामेश्वरप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ भने सिन्धुपाल्चोकमा एसपी रहेका राजन अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा ल्याइएको छ ।

यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेका शान्तिराज कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख तोकिँदा मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ ।

गण्डकी प्रदेश मुख्यालय कास्कीमा रहेका ऋषिराम कँडेललाई पश्चिम नवलपरासीको प्रहरी प्रमुखमा काज सरूवा गरिँदा पश्चिम नवलपरासीमा रहेका मनोजकुमार यादवलाई गण्डकी प्रदेश गण मुख्यालय पोखरा पठाइएको छ ।