• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

बाँके राष्ट्रिय निकुञ्जमा पहिलो पटक मौलिक (रैथाने) भोजनको मेला सम्पन्न



काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकिय क्षेत्रमा पहिलो पटक मौलिक (रैथाने) भोजनको मेला सकिएको छ ।

गाभर भ्याली होमस्टे एशोसिशनको राष्ट्रिय सम्मेलन तथा विभिन्न जातजातीको मोलिक खानका परिकार तथा घरमा निर्मित समाग्रीको किनमेल मेला चैत ११ गतेदेखि १३ गतेसम्म भएको थियो । मेलामा लुम्बिनी प्रदेशका विभिन्न जातजातीमा प्रचलित खाना, सामाग्री तथा विभिन्न जातजातीको सास्कृतिक नाचगान समेत भएको थियो । त्यस्तै,मेलामा ६८ जिल्लाका १ हजार भन्दा बढी होमस्टे संचालकहरुको सहभागिता रहेको थियो ।

मौलिक भोजनमा लुम्बिनी क्षेत्र सहित ६८ जिल्लामा बासोबास गर्ने थारु, मगर, राई, लिम्बु मधेशी तथा अन्य जातजातीहरुले आफुले उत्पादन गरेको बस्तु आफैले घरमै उत्पादन गरेर मेलामा प्रर्दशन गरिएको र बिक्रि वितरण भएको मौलिक भोजन मेला समितिका संयोजक कृष्णलाल चौधरीले बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई बजारीकरण गर्न, स्वदेशमा मात्र नभए विदेशमा निर्यात गर्न उत्प्रेरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनु भयो । महोत्सवमा थारु समुदायको परम्परागत मौलिक पोशाक पछिल्लो पुस्तालाई जानकारीको लागि प्रर्दशन गरिएको उहाँले बताउनु भयो ।

त्यस्तै, होमस्टे एशोसिएशनका विदेश विभाग सदस्य पुर्ण चन्द्र उपाध्यायले घरेलु मौलिक उत्पादन जोगाउन कै लागि दुई दिने मेला आयोजना गरेको बताउनु भयो ।

त्यस्तै, रैथाने एग्रो प्रोडक्टस नेपालका सचिव आर.वि. राईले घरेलु उत्पादनमा बढाएर उत्पादित बस्तुलाई बजारीकरण गर्दै आएको बताउनु भयो । उहाँले रैथाने उत्पादन बढाउनका लागि किसानहरुलाई पुरानो धान, गहुँ मकै लगायतका खद्यान्न उत्पादन गराउन प्रोत्साहन गरिने बताउनु भयो ।

मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातीमा प्रचलित नाच अवलोकन गर्ने व्यवस्था गरिएको थियो । समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, पैँया,लट्ठा, मयूर नाच प्रदर्शन गरिएको थियो । हिमाली तथा पहाडी भेगमा प्रचलित कुर्कुटी, सल्यानी टप्पा, झ्याउरे लगायतका नाच महोत्सवमा हेर्ने ब्यवस्था मिलाइएको थियो । आधुनिकतासँगै लोप हुँदै गएका संस्कार र संस्कृति जगेर्ना गर्न लुम्बिनी र हिमाली भेगमा प्रचलित तथा लोपोन्मुख नाचगानकोे संरक्षण गर्न आवश्यक दखिएको छ ।