१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाक्यले असोज २४ मा विश्वास मत लिने, विश्वासको मत पाउने दाबी



अ+ अ-

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्वासको मत लिने भएकी छन्। प्रदेश सरकारले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनकै लागि नवौं (हिउँदे) अधिवेशन असोज २४ गते आह्वान गर्ने निर्णय गरेको हो । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने कानुनी बाध्यता छ । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद रहेपनि शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद हुन्छन् । यो सरकार गठन गर्न आवश्यक बहुमत हो ।

गठबन्धन बाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ जना मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ ।

यसैबिच बागमती प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेले मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने दाबी गरेका छन् ।