२४ भाद्र २०८३, बुधबार
,
Latest
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिकाको मृत्युपछि अस्पतालमा तोडफोड



अ+ अ-

पाँचथर । बुधबार बिहान पाँचथर जिल्ला अस्पतालमा भर्ना भएकी तीन वर्षीया बालिकाको उपचारको क्रममा मुत्युहुँदा अस्पतालमा तोडफोड गरिएको छ । ज्वरो आएर  जिल्ला अस्पतालमा भर्ना गरिएको कृष्टिना थाम्सुहाङको मृत्युको विषयलाई लिएर अस्पतालमा तोडफोड भएको छ । 

बालिकाको मृत्युपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै घटनाको छानबिन गर्नुपर्ने माग गर्दै शव बुझ्न मानेका थिएनन् । चिकित्सकको लापरबाहीले मृत्यु बालिकाको मृत्यु भएको आफन्त हेमराज थाम्सुहाङले बताए । उनले अस्पताल र जिल्ला प्रशासनसँग वार्ता गरे पनि निष्कर्ष ननिस्किएको बताए । आफ्ना माग पूरा गर्न प्रशासन तयार नभएको मृतकका आफन्तको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भने मृतकको सदगद्का लागि २५ हजार रुपैयाँ दिने र घटनाको छानबिनका लागि समिति बनाएर ७ दिनभित्र प्रतिवेदन तयार पारी निष्कर्षमा आधारमा बाँकी राहत र क्षतिपूर्ति दिने बताएका थिए । तर मृतकका आफन्तले भने नमानेको प्रशासनको भनाइ छ ।

वार्ता जारी रहेको बेला मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । उनीहरूलाई प्रहरीले रोक्न नसकेको बताइएको छ ।