१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिकाको मृत्युपछि अस्पतालमा तोडफोड



अ+ अ-

पाँचथर । बुधबार बिहान पाँचथर जिल्ला अस्पतालमा भर्ना भएकी तीन वर्षीया बालिकाको उपचारको क्रममा मुत्युहुँदा अस्पतालमा तोडफोड गरिएको छ । ज्वरो आएर  जिल्ला अस्पतालमा भर्ना गरिएको कृष्टिना थाम्सुहाङको मृत्युको विषयलाई लिएर अस्पतालमा तोडफोड भएको छ । 

बालिकाको मृत्युपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै घटनाको छानबिन गर्नुपर्ने माग गर्दै शव बुझ्न मानेका थिएनन् । चिकित्सकको लापरबाहीले मृत्यु बालिकाको मृत्यु भएको आफन्त हेमराज थाम्सुहाङले बताए । उनले अस्पताल र जिल्ला प्रशासनसँग वार्ता गरे पनि निष्कर्ष ननिस्किएको बताए । आफ्ना माग पूरा गर्न प्रशासन तयार नभएको मृतकका आफन्तको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भने मृतकको सदगद्का लागि २५ हजार रुपैयाँ दिने र घटनाको छानबिनका लागि समिति बनाएर ७ दिनभित्र प्रतिवेदन तयार पारी निष्कर्षमा आधारमा बाँकी राहत र क्षतिपूर्ति दिने बताएका थिए । तर मृतकका आफन्तले भने नमानेको प्रशासनको भनाइ छ ।

वार्ता जारी रहेको बेला मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । उनीहरूलाई प्रहरीले रोक्न नसकेको बताइएको छ ।