१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो अमेरिकी डलरको मूल्य, अन्य देशको मुद्राको विनिमयदर कति ?



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि  विदेश विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरका अनुसार अमेरिकी डलरको मूल्य बृद्धि भएको छ । 

आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा पुगेको छ भने युरोपियन युरोको मूल्य पनि बृद्धि भएको छ । हिजोको तुलनामा आज अमेरिकी डलर ०.८५ पैसा बढेको हो ।

यता युरोपियन युरो बुधबार एकको खरिदमूल्य १३७ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १३८ रुपैयाँ ५१ पैसा रहेकोमा आज बढेर एकको खरिददर १३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा रहेको छ । 

त्यस्तै, जापानी येन १० को खरिददर १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा, चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा र कोरियन वन १०० को खरिददर १० रुपैयाँ शून्य पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा तोकिएको छ । 

विस्तृत हेर्नुस् तालिकामा :