२४ भाद्र २०८३, बुधबार
,
Latest
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो अमेरिकी डलरको मूल्य, अन्य देशको मुद्राको विनिमयदर कति ?



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि  विदेश विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरका अनुसार अमेरिकी डलरको मूल्य बृद्धि भएको छ । 

आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा पुगेको छ भने युरोपियन युरोको मूल्य पनि बृद्धि भएको छ । हिजोको तुलनामा आज अमेरिकी डलर ०.८५ पैसा बढेको हो ।

यता युरोपियन युरो बुधबार एकको खरिदमूल्य १३७ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १३८ रुपैयाँ ५१ पैसा रहेकोमा आज बढेर एकको खरिददर १३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा रहेको छ । 

त्यस्तै, जापानी येन १० को खरिददर १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा, चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा र कोरियन वन १०० को खरिददर १० रुपैयाँ शून्य पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा तोकिएको छ । 

विस्तृत हेर्नुस् तालिकामा :