१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस मुगुको सभापतिमा देउवानिकटका ऐनबहादुर विजयी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको मुगु जिल्ला सभापतिमा ऐनबहादुर शाही विजयी भएका छन्। बुधबार सम्पन्न जिल्ला अधिवेशनमा खडकबहादुर शाहीलाई पराजित गर्दै ऐनबहादुर बाजी मारेका हुन् । 

उनले ४०६ मत ल्याउदै विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी ले ३४९ मत ल्याएका थिए। निर्वाचन समितिका अनुसार कूल मत ७७१ खसेकामा १५ वटा बदर भएका थिए। 

खडकबहादुरले भन्दा ५७ मत बढी ल्याएर जिल्ला सभापतिमा निर्वाचित ऐनबहादुर प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवानिकट मानिन्छन्।  

कांग्रेसले यो समेत ११ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। तीमध्ये संस्थापन पक्षका ५ र पौडेल पक्षका ६ जना सभापति हुन सफल भएका छन्।