२४ भाद्र २०८३, बुधबार
,
Latest
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस मुगुको सभापतिमा देउवानिकटका ऐनबहादुर विजयी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको मुगु जिल्ला सभापतिमा ऐनबहादुर शाही विजयी भएका छन्। बुधबार सम्पन्न जिल्ला अधिवेशनमा खडकबहादुर शाहीलाई पराजित गर्दै ऐनबहादुर बाजी मारेका हुन् । 

उनले ४०६ मत ल्याउदै विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी ले ३४९ मत ल्याएका थिए। निर्वाचन समितिका अनुसार कूल मत ७७१ खसेकामा १५ वटा बदर भएका थिए। 

खडकबहादुरले भन्दा ५७ मत बढी ल्याएर जिल्ला सभापतिमा निर्वाचित ऐनबहादुर प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवानिकट मानिन्छन्।  

कांग्रेसले यो समेत ११ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। तीमध्ये संस्थापन पक्षका ५ र पौडेल पक्षका ६ जना सभापति हुन सफल भएका छन्।