१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदले आज पूर्णता पाउँन सक्छ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले आज पूर्णता पाउन सक्ने बताएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्ले आज पूर्णता पाउन सक्ने बताएका हुन् । 

पचली टिभीको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने– उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता (मन्त्रिपरिषदले) पाउँछ ।

उनले विभेदमा पारिएका समुदायलाई अगाडि बढाउन आफू निरन्तर लागि परेको धारणा राखे। यही प्रयास अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषदमा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको प्रचण्डको भनाइ छ ।

माओवादी केन्द्रले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको थियो । माओवादीले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा सिफारिस गरेको थियो ।