२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

पतिङ्गर इन्धन र आय आर्जनको स्रोत

पतिङ्गर इन्धन र आय आर्जनको स्रोत
अ अ+ अ-

महोत्तरी। वसन्त ऋतुमा वनका रुख बिरुवाले नयाँ पालुवा फेर्नथालेसँगै गरिब परिवारका सर्वसाधारणका लागि यसले आयआर्जनको अवसर दिलाएको छ । नयाँ पालुवा फेर्न वनक्षेत्रका रुखले झारेका पुराना पात महोत्तरीका गरिब परिवारले घरको इन्धनको रुपमा प्रयोग गर्नाका साथै अतिरिक्त आम्दानी पनि गर्न थालेका हुन् । वनमा पतिङ्गर सोहोर्ने महिलाको सङ्ख्या धेरै देखिन्छ ।

जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको दायाँ–बायाँका वनक्षेत्रमा अहिले टाढाटाढाका गरिब महिला पतिङ्गर बटुल्न व्यस्त देखिन्छन् । पतिङ्गर सोहोर्नेको आवागमनले अहिले वन क्षेत्रमा चहलपहल निकै छ । वन क्षेत्रमा टाढाटाढाबाट पतिङ्गर सोर्न पुग्नेमा मुसहर र बाँतर जाति समुदायका दलित महिला बढी भेटिन्छन् । बर्दिबास र गौशालाबाहेक जिल्लाका औरही र भङ्गाहा नगरपालिकाका मुसहर, बाँतर जाति समुदायका महिला १५÷२० किलोमिटर छिचोलेर पतिङ्गर सोहोर्न अहिले वनक्षेत्र पुग्ने गरेका हुन् ।

वन क्षेत्रको असरल्ल पतिङ्गर खरेटोले बटुलेर थुर्पानु, ठूलठूला बोरामा हालेर बाँध्नु र ओसार्नु यी गरिबको अहिलेको दिनचर्या बनेको छ । वन क्षेत्रमा बटुलिएको पतिङ्गर आफ्नै लागि खाना पकाउन इन्धन हुने र किसानले किनिदिँदा अतिरिक्त आर्जनसमेत भएपछि यो काममा गरिब महिलाको आकर्षण बढेको हो । उखु, परवल, ओललगायत नयाँ खेती (भर्खर रोपिएको) मा माटोको चिस्यान नजाओस् भन्नका लागि झ्यासझुस र पतिङ्गरले छोप्ने गरिन्छ । पछिल्ला केही वर्षयता परवल र ओल खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बढ्दैकाले पतिङ्गरको माग पनि बढ्दै गएको छ ।

“जङ्गलके गिरल पत्ता समेट्क एक ठाम करैछी” (वनमा पतिङ्गर सोहोरेर एक ठाउँ जम्मा गर्छौं) पतिङ्गर सोहोर्न बर्दिवास–८ हाथीलेटको सागरनाथ वन विकास परियोजनाको प्लटमा पुग्नुभएकी भङ्गाहा–४ रामनगरकी भुठ्ठी सादा मुसहरले भन्नुभयो, “खेती करवालासब् अही ठाम आक ललेइछै” (किसानले यही आएर लिने गर्छन्) । सोहोरेर थुपारिएको पतिङ्गरबाट राम्रै रकम पाउने गरिएको यस काममा लागेका महिलाको भनाइ थियो ।

यी गरिब समुदायका लागि बसन्त ऋतुको प्रतिक्षा हुन्छ । “कहिया पतझड (बसन्त ऋतु) आयत, जे पत्ता सम्ट जङ्गल जाइ” (कहिले बसन्त आउला र वनमा पतिङ्गर बटुल्न जाउँ भन्ने प्रतीक्षा हुन्छ) भुठ्ठीकै छिमेकको बस्ती पलारकी बाँतर समुदायकी शिलो बाँतरले भन्नुभयो । किसानले वनमै बोरा र ठूलठूला टालासमेत उपलब्ध गराएर पतिङ्गर जम्मा गरी दिएवापत् रकम दिन्छन् । बटुलेकै ठाउँमा रकम पाएपछि घर फर्कने बेलामा इन्धनका लागि भने आफैंले बोकेर लाने गरेको गौशाला नगरपालिकाकोको लक्ष्मीनियाँस्थित परियोजनाको प्लटमा पतिङ्गर साहोेरिरहनुभएकी औरही नगरपालिकाको टिम्किया बस्तीकी इजोतिया सादाले बताउनुभयो ।

अहिले खेतीपातीको बेला नभएकाले स्थानीय महिलालाई फुर्सतको उपयोग गर्दै केही आर्जन गर्न वनजङ्गलमा पतिङ्गर सोर्नु अवसर मिलेकोे छ । मुसहर, बाँतर समुदायको मुख्य पेशा कृषि मजदुरी हो । धान, गहुँ काट्ने र रोपाइँका बेलामा यिनलाई गिरहत (जग्गाधनी किसान) को काममा लाग्नुपर्छ । अहिले खेतीको व्यस्त समय नभएको हुँदा घरको इन्धन र अतिरिक्त आर्जनका लागि पतिङ्गर बटुल्ने अवसर मिलेको भङ्गाहा–३ सखरीटोलकी उजरी बाँतरले बताउनुभयो ।

“हजुर, अखैन गिरत सबके खेतमे कोनो काम नइ छै” ९हजुर अहिले मालिकका खेतमा कुनै काम छैन० उजरीले भन्नुभयो, “तही स दु चार ढौवाके जोगारमे लागल छि (त्यसैले दुई/चार पैसा आर्जन हुने काममा छौँ) ।” भङ्गाहा नगरपालिकाका सकरी, वनरा, रामनगर, टिकुलिया, भिमगढ, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुरहरिनमरी र औरही नगरपालिकाको सोनामाई, टिम्किया, चेप्कोट, भोइलसहितका बस्तीबाट आएका दलित महिलालाई अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वनक्षेत्रमा पतिङ्गर सोेहोर्न भ्याइनभ्याइ छ । पतिङ्गर सोहोर्ने, जम्मा गर्ने र ओसार्नेसहितका काममा घरमा भएका पति, भाइ÷भतिजाको साथ पनि पाइएको उनीहरूले बताए । यहाँका अधिकांश पुरुष रोजगारीका लागि पञ्जाब, हरियाणा र अन्य ठाउँ गएकाले यो काममा महिला बढी देखिएका हुन् ।

माघदेखि चैतसम्म वनका रुखका पुराना पात झर्ने र वैशाखमा नयाँ पालुवा पलाउने गर्छ । हिउँदे वर्षा हुँदा वनका असरल्ल पात बटुल्न सजिलो हुने यस काममा लागेका महिलाको भनाइ छ तर यसपालि फागुन लागेदेखि नै वर्षा नभएकाले असरल्ल पातपतिङ्गर बटुल्न बढी समय लाग्ने गरेको छ ।अहिले पछिल्लो एकसातायता दैनिकजसो १००/१५० को हाराहारीमा मुसहर र बाँतर महिला वनमा पतिङ्गर सोहोरी रहेका भेटिने गरेका छन् ।

बटुलिएका पतिङ्गरले आफूहरुलाई निकै सजिलो भएको बर्दिवास–४ का परबल किसान रामजी पौडेलको भनाइ थियो।

दलित महिलाले फुर्सदको समय उपयोग गर्दै थालेका काममा अन्य समुदायले समेत चासो बढाउन थालेका बर्दिवास उद्योग वाणिज्य सङ्घका सचिव ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

वन क्षेत्रमा पतिङ्गर सोहोर्ने चहलपहलले वन्यजन्तु र चराचुङ्गी भाग्न थालेका छन् । धुम्रपान (बिडी चुरोट) पान गर्ने लतका महिलाले राम्ररी ननिभाएको बिडी–चुरोटको ठुटा र सलाइको काँटीले वनमा आगलागीका घटना बढाएको वन हेरालुको गुनासो थियो भने पतिङ्गर सोहोर्न पुगेका महिलाले भने वनक्षेत्रसँगै जोडिएका बस्तीका बासिन्दाले डढेलो लगाइदिँदा पतिङ्गर खोज्न भौतारिनुपरेको गुनासो गरेका थिए । गोपाल बराल ÷रासस