१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता भानुभक्त जोशी नेकपा एसमा ,लगत्तै स्थायी समितिको सदस्यको जिम्मेबारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।  पार्टी प्रबेश गरे लगत्तै जोशीलाई स्थायी समितिको सदस्यको जिम्मेवारी दिईएको छ । बिगतमा एमालेमा रहदा  माधब नेपाल समूहका रहनु भएका जोशीलाई तत्कालीन नेकपा नेपाल – दाहाल समूहले सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत बनाएको थियो ।

पछि नेपाल एमाले बिभाजन हुने समयमा भने जोशीले नेपाललाई साथ नदिई मुलघरमा नै बस्नु भएको थियो । पार्टी प्रबेश गर्दे जोशीले भन्नुभयो 'पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छाड्नु पर्यो ।'

जोशीलाई स्वागत गर्दे अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सम्पूर्णरूपमा च्युत भएको हेर्न बाँकी रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘एमालेको भ्रममा बसिरहेकाहरूको त्यो पंतिमा सत्यतथ्य जानकारी गराउनुपर्ने आवश्यकता छ,।’