२४ भाद्र २०८३, बुधबार
,
Latest
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता भानुभक्त जोशी नेकपा एसमा ,लगत्तै स्थायी समितिको सदस्यको जिम्मेबारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।  पार्टी प्रबेश गरे लगत्तै जोशीलाई स्थायी समितिको सदस्यको जिम्मेवारी दिईएको छ । बिगतमा एमालेमा रहदा  माधब नेपाल समूहका रहनु भएका जोशीलाई तत्कालीन नेकपा नेपाल – दाहाल समूहले सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत बनाएको थियो ।

पछि नेपाल एमाले बिभाजन हुने समयमा भने जोशीले नेपाललाई साथ नदिई मुलघरमा नै बस्नु भएको थियो । पार्टी प्रबेश गर्दे जोशीले भन्नुभयो 'पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छाड्नु पर्यो ।'

जोशीलाई स्वागत गर्दे अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सम्पूर्णरूपमा च्युत भएको हेर्न बाँकी रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘एमालेको भ्रममा बसिरहेकाहरूको त्यो पंतिमा सत्यतथ्य जानकारी गराउनुपर्ने आवश्यकता छ,।’