१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री छान्ने जिम्मा माधवलाई



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले मन्त्रालय बाँडफाँडका साथै मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो । 

मन्त्री र मन्त्रालय बाँडफाँडको जिम्मा अध्यक्षलाई नै दिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता विरोध खतिवडाले भने, ‘हामीले सबै जिम्मा अध्यक्षलाई दिएका छौ ।’
स्थायी कमिटी बैठक लगत्तै अध्यक्ष नेपाल गठबन्धनका शीर्ष नेताहरूको बैठकमा भाग लिन बालुवाटार गएका छन् । ‘मन्त्रालय बाँडफाँडबारे अस्तिको सहमति अन्तिम होइन, त्यसबारे थप निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएका छौं’ खतिवडाको भनाइ छ ।