२४ भाद्र २०८३, बुधबार
,
Latest
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री छान्ने जिम्मा माधवलाई



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले मन्त्रालय बाँडफाँडका साथै मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो । 

मन्त्री र मन्त्रालय बाँडफाँडको जिम्मा अध्यक्षलाई नै दिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता विरोध खतिवडाले भने, ‘हामीले सबै जिम्मा अध्यक्षलाई दिएका छौ ।’
स्थायी कमिटी बैठक लगत्तै अध्यक्ष नेपाल गठबन्धनका शीर्ष नेताहरूको बैठकमा भाग लिन बालुवाटार गएका छन् । ‘मन्त्रालय बाँडफाँडबारे अस्तिको सहमति अन्तिम होइन, त्यसबारे थप निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएका छौं’ खतिवडाको भनाइ छ ।