२४ भाद्र २०८३, बुधबार
,
Latest
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टनमा प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे ।

मनकामना टोल सुधार समाज र शितलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगितामा टंक पराजुली र विश्व पौडेलको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–१७ र २१–१६ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

कृष्ण खतिवडा र विकास न्यौपाने पनि क्वाटरफाइनलमा पुग्न सफल भए । असोज २३ गतेसम्म चल्ने प्रतियोगितामा १२ जोडी सहभागी छन् ।