२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुुपर्ने बताउनुभएको छ ।

सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उहाँले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पुर्‍याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ ।

पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकमा चेतना बढ्दा गुनासा बढिरहेकाले त्यो सम्बोधन गर्न लाग्नुपर्छ ।” पत्रकार आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग रहनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिनुभयो । सञ्चारमाध्यमले आम नागरिकको रचनात्मक, चेतनात्मक र आलोचनात्मक चेत विकास गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार महिलाको घरपरिवार र कार्यस्थलमा गरी दोहोरो जिम्मेवारी रहने गरेको उहाँले बताउनुभयो । पत्रकार महिलाले दूरदराजमा रहेका हिंसापीडित महिलाका बारेमा आवाज उठाउनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिनुभयो । पत्रकार महिलाले नै पीडित महिलाका पीडा बुझ्नसक्ने उहाँको भनाइ छ ।

सञ्चारिका समूहकी अध्यक्ष नीतु पण्डित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय सूचना आयोगका पूर्व सदस्य यशोदा तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, पत्रकारद्वय निर्मला शर्मा र बबिता बस्नेतले सञ्चारिकाको आगामी नेतृत्वले संस्थाको छवि अझै उँचो बनाउने विश्वास व्यक्तगर्नुभयो ।