४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

बिएण्डसीद्वारा निःशुल्क स्वास्थ्य बीमा

बिएण्डसीद्वारा निःशुल्क स्वास्थ्य बीमा
अ+ अ-

झापा । पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी मेडिकल कलेजले मानवीय सेवाका गतिविधिलाई तीव्रता दिएको छ । आफ्नो सामाजिक उत्तरदायित्तत्वअन्तर्गत अस्पतालले पछिल्लो समय निःशुल्क स्वास्थ्य बीमा, विपन्न समुदायमा खानेपानी तथा खेतीपातीका लागि कल वितरण तथा विद्यालय भवन निर्माणमा सहयोगी हात अगाडि बढाइराखेको छ ।

यसैक्रममा अस्पतालले गत सोमबार बाह्रदशी गाउँपालिकाका वडा न १, २, ३, ४, ५, ६ र ७ का एक हजार ५०० भन्दा बढी अतिविपन्न परिवारको निःशुल्क बीमा गरिदिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त बीमा कार्यक्रममा आर्थिक अभावकै कारण आबद्ध हुन नसकेका ती अतिगरिब परिवारलाई कार्यक्रममा आबद्ध हुन लाग्ने शुल्क रु तीन हजार ५०० अस्पतालले सहयोग गरिदिएको हो । यसबाट ती नागरिकले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट रु दुई लाखसम्मको सेवा निःशुल्क पाउने जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै भन्नुभयो, “स्वास्थ्य उपचारको अभावका अकालमा कोहीले मृत्युवरण गर्नुपर्दैन । स्वास्थ्य सेवाको सहज पहुँचका लागि म सहयोग गर्न सधैँ तयार छु । बीमा भएपछि रु दुई लाखसम्मको सेवा बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट उपलब्ध हुनेछ । झापाको कर्णाली भनेर चिनिएको बाह्रदशीका नागरिकका लागि आफूले सेवा गर्न पाएकोमा म खुसी छु ।”

प्रदेशसभा सदस्य वसन्त बानियाँले संविधान प्रदत्त स्वास्थ्यका अधिकार कार्यान्वयन गर्न राज्यले नसकिरहेका अवस्थामा समाजसेवी प्रसाईंको मानवीय सेवा उदाहरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा वीरेन्द्र यादवले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका साथ साथै महिलाका लागि निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’कार्यक्रम जारी रहेको जानकारी दिनुभयो । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा विपन्न नागरिकको स्वास्थ्य, शैक्षिक तथा आर्थिक जीवनस्तर माथि उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत बर्सेनि रु १० करोड खर्च गर्ने जनाएको छ ।

कार्यकारी निर्देशक प्रसाईंले हालै कचनकवल गाउँपालिका वडा ४ बैरवारी ९केचना०मा खानेपानी तथा खेतीपातीका लागि आवश्यक २०० कल वितरण गर्नुभएको थियो । यसबाट ती गाउँका १०० अतिविपन्न मुस्लिम समुदायलाई ठूलो सहयोग मिलेको जनाइएको छ । यसैगरी अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत नै विर्तामोडस्थित मनमाया माध्यमिक विद्यालय चारपाने, सिङबेँसी माध्यमिक विद्यालय सिस्नेलाई भवन बनाउन क्रमशः रु पाँच÷पाँच करोड सहयोग गरेको थियो । यसैगरी मुस्लिम बालबालिकालाई पठनपाठनका लागि विर्तामोडमा ‘मदरसा’ भवन बनाउन अस्पतालले रु २५ लाख सहयोग गरिसकेको छ ।

जिल्लाकै हल्दिबारी र कचनकलवका अतिविपन्न तीन हजार परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने अस्पताले तयारी गर्दैछ ।