२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० बूँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न महासचिव पोखरेलको आग्रह



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले दश बूँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न आग्रह गर्नु भएको छ ।   
 
महासचिव पोखरेलले दश बूँदे सहमतिलाई जिवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरुलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पार्नु भयो । पार्टी निकट नेपाल बुद्धिजीवी परिषदले शुक्रबार ललितपुरको च्यासलस्थित तुललीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरुलाई समेटेर लैजादामात्रै १० बूँदे सहमतीको जीवन्त कार्यन्वयन हुने दावी समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘दश बूँदे ठिक छ । त्यो सुझाव हो । 

त्यो सुझावलाई सृजनात्मक ढंगले लागू गर्ने । रचनात्मक ढंगले बुझ्ने । जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागू गर्ने । अव के गर्ने हो भने हिजो जो–जो साथीहरुले के गर्नु भो भन्ने बारे समिक्षा गरौंला । तर अहिले गर्ने एउटै कुरा हो–पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरुलाई पार्टीमा समेटदै लैजाने हो । दश बूँदेलाई निर्जीव ढंगले निमोठेर बुझ्नू हुँदैन । सृजनात्मक ढंगले बुझ्नुपर्यो ।’
 
महासचिव पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पु¥याउने गरी थिंक टयांकको भूमिका निर्वाह गर्न पनि पार्टी निकट बुद्धिजीवीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै एमालेका सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्ने माधव नेपालले सोही अध्यादेशको सहारा लिएर पार्टी विभाजन गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । 

उहाँले भन्नु भयो, ‘दल विभाजन अध्यादशेको विरोध गर्ने कमरेड माधव नेपाल र झलनाथ खनाल आज ४० प्रतिशत होईन, उहाँहरुलाई जति प्रतिशत राख्दा पुग्छ, त्यही आधारमा २० प्रतिशत पुग्ने अध्यादेश ल्याएर छापामार शैलीमा दल विभाजन गर्नु भयो । जुन राजनीतिक, कानुनी, नैतिक कुनै हिसावले पनि औचित्यपूर्ण हुन सक्दैन ।’

सचिव विष्टले आफूहरुले माधव नेपाललाई पार्टी विभाजन गर्न कहिल्यै नभनेको पनि पटकपटक दोहोर्याउनुभयो ।