१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रोटिनको ‘पावरहाउस’ अण्डा हरेक दिन खाँदा हुने ६ फाइदा



अ+ अ-

काठमाडौं । अण्डा पोषक तत्वले भरिपूर्ण हुन्छ । यसलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । यसमा १३ प्रकारका भिटामिनहरु पाइन्छ । साथै, मिनरल्स, ओमेगा–३ फ्याटी एसिड र एन्टिअक्सिडेन्ट पािन पाइन्छ । सामान्यतयाः मानिसहरु बिहानको खाजाका रुपमा अण्डा खाने गर्छन् । उसिनेर वा पकाएर अण्डाको सेवन गरिन्छ भने यसलाई तरकारी, खाना, सुप आदिमा पनि प्रयोग गर्ने गरिन्छ । अण्डाको सेवनले लामो समयसम्म भोक लाग्दैन । यसले रोग प्रतिरोधी क्षमतामा पनि विकास गर्छ । साथै, रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै इन्सुलिनको मात्रा पनि नियन्त्रण गर्छ । 

पोषक तत्वको कमि पूरा गर्न 
एउटा अण्डामा लगभग ७७ क्यालोरी हुन्छ । यसमा भिटामिन ए, बी५, बी१२, बी६, डि, इ, के र फोलेट, फस्फोरस, सेलेनियम, क्याल्शियम, जिंक जस्ता मिनरल्स र प्रोटिन हुने भएकाले मुटु स्वस्थ रहन्छ । 

कोलिन
कोलिन एक प्रकारको पोषक तत्व हो । यसलाई धेरैजसो व्यक्तिहरुले प्राप्त गर्न सक्दैनन् । कोलिनले शरीरमा सेल मेन्ब्रेन र मस्तिष्कको मोलेक्युल बनाउने काम गर्छ । शरीरमा कोलिनको कमि भएमा गम्भीर रोग लाग्ने समस्या आउँछ । एउटा उसिनेको अण्डामा लगभग ४१७ मिलीग्राम कोलिन पाइन्छ ।

आँखाको ज्योति बढाउन 
अण्डामा हुने ल्युटिन र जेक्स्यान्थिन एन्टिअक्सिडेन्ट हुन्छ । यसले मोतियाबिन्दुको खतरा कम गराउँछ । आँखाको ज्योति तेज गर्नका लागि अण्डामा भरपुर मात्रामा भिटामिन ए हुन्छ । 

प्रोटिन र एमिनो एसिड 
प्रोटिनले शरीरमा सबै प्रकारका तन्तुहरु निर्माण गर्न मद्दत गर्छ । एउटा अण्डामा ६ ग्राम प्रोटिन हुन्छ । यसले तौल घटाउन, मांशपेशीहरुको घनत्व बढाउन, रक्तचाप कम गर्न, हड्डीहरु मजबुत गर्न आवश्यक हुन्छ ।

ओमेगा–३ 
अण्डामा ओमेडा–३ हुन्छ । यसले मुटु, मस्तिष्क र आँखालाई फाइदा गर्छ । अण्डामा भारी मात्रामा कोलेस्ट्रोल पाइन्छ । तर, यसले रगतमा हुने कोलेस्ट्रोललाई प्रभावित गर्दैन । यो व्यक्तिअनुसार फरक हुन्छ । अण्डा खाँदा ७० प्रतिशत व्यक्तिमा कोलेस्ट्रोलको समस्या हुँदैन । भने अन्य ३० प्रतिशतमा भने हुन सक्ने सम्भावना हुन्छ ।

तौल कम गर्न 
तौल कम गर्नका लागि कम क्यालोरी भएको खानेकुरा खाने हो भने त्यसका लागि अण्डा सही स्रोत हो । अण्डामा धेरै क्यालोरी हुने भएकाले प्रोटिनको मात्रा धेरै हुन्छ । यसको सेवनले छिटो छिटो भोक लाग्दैन । र सजिल्यै तौल घटाउन सकिन्छ ।