१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रोटिनको ‘पावरहाउस’ अण्डा हरेक दिन खाँदा हुने ६ फाइदा



अ+ अ-

काठमाडौं । अण्डा पोषक तत्वले भरिपूर्ण हुन्छ । यसलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । यसमा १३ प्रकारका भिटामिनहरु पाइन्छ । साथै, मिनरल्स, ओमेगा–३ फ्याटी एसिड र एन्टिअक्सिडेन्ट पािन पाइन्छ । सामान्यतयाः मानिसहरु बिहानको खाजाका रुपमा अण्डा खाने गर्छन् । उसिनेर वा पकाएर अण्डाको सेवन गरिन्छ भने यसलाई तरकारी, खाना, सुप आदिमा पनि प्रयोग गर्ने गरिन्छ । अण्डाको सेवनले लामो समयसम्म भोक लाग्दैन । यसले रोग प्रतिरोधी क्षमतामा पनि विकास गर्छ । साथै, रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै इन्सुलिनको मात्रा पनि नियन्त्रण गर्छ । 

पोषक तत्वको कमि पूरा गर्न 
एउटा अण्डामा लगभग ७७ क्यालोरी हुन्छ । यसमा भिटामिन ए, बी५, बी१२, बी६, डि, इ, के र फोलेट, फस्फोरस, सेलेनियम, क्याल्शियम, जिंक जस्ता मिनरल्स र प्रोटिन हुने भएकाले मुटु स्वस्थ रहन्छ । 

कोलिन
कोलिन एक प्रकारको पोषक तत्व हो । यसलाई धेरैजसो व्यक्तिहरुले प्राप्त गर्न सक्दैनन् । कोलिनले शरीरमा सेल मेन्ब्रेन र मस्तिष्कको मोलेक्युल बनाउने काम गर्छ । शरीरमा कोलिनको कमि भएमा गम्भीर रोग लाग्ने समस्या आउँछ । एउटा उसिनेको अण्डामा लगभग ४१७ मिलीग्राम कोलिन पाइन्छ ।

आँखाको ज्योति बढाउन 
अण्डामा हुने ल्युटिन र जेक्स्यान्थिन एन्टिअक्सिडेन्ट हुन्छ । यसले मोतियाबिन्दुको खतरा कम गराउँछ । आँखाको ज्योति तेज गर्नका लागि अण्डामा भरपुर मात्रामा भिटामिन ए हुन्छ । 

प्रोटिन र एमिनो एसिड 
प्रोटिनले शरीरमा सबै प्रकारका तन्तुहरु निर्माण गर्न मद्दत गर्छ । एउटा अण्डामा ६ ग्राम प्रोटिन हुन्छ । यसले तौल घटाउन, मांशपेशीहरुको घनत्व बढाउन, रक्तचाप कम गर्न, हड्डीहरु मजबुत गर्न आवश्यक हुन्छ ।

ओमेगा–३ 
अण्डामा ओमेडा–३ हुन्छ । यसले मुटु, मस्तिष्क र आँखालाई फाइदा गर्छ । अण्डामा भारी मात्रामा कोलेस्ट्रोल पाइन्छ । तर, यसले रगतमा हुने कोलेस्ट्रोललाई प्रभावित गर्दैन । यो व्यक्तिअनुसार फरक हुन्छ । अण्डा खाँदा ७० प्रतिशत व्यक्तिमा कोलेस्ट्रोलको समस्या हुँदैन । भने अन्य ३० प्रतिशतमा भने हुन सक्ने सम्भावना हुन्छ ।

तौल कम गर्न 
तौल कम गर्नका लागि कम क्यालोरी भएको खानेकुरा खाने हो भने त्यसका लागि अण्डा सही स्रोत हो । अण्डामा धेरै क्यालोरी हुने भएकाले प्रोटिनको मात्रा धेरै हुन्छ । यसको सेवनले छिटो छिटो भोक लाग्दैन । र सजिल्यै तौल घटाउन सकिन्छ ।