१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहले सरुवा गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारी



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले बाँकेसहित तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको हो। 

मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो। मन्त्रालयमा कार्यरत उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरूवा भएको छ। 

यस्तै झापाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई रौतहटको प्रमुख जिल्ला अधिकरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। 

यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।