२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहले सरुवा गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारी



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले बाँकेसहित तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको हो। 

मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो। मन्त्रालयमा कार्यरत उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरूवा भएको छ। 

यस्तै झापाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई रौतहटको प्रमुख जिल्ला अधिकरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। 

यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।